• होमपेज
  • समाज
  • चट्याङसहित हावाहुरी र वर्षाको सम्भावना,सतर्क रहन आग्रह

चट्याङसहित हावाहुरी र वर्षाको सम्भावना,सतर्क रहन आग्रह

  • शुक्रबार, फाल्गुन ३०, २०७६
चट्याङसहित हावाहुरी र वर्षाको सम्भावना,सतर्क रहन आग्रह

काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण दुईदिन हावाहुरी र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हावाहुरीसहित चट्याङ पर्ने सम्भावना पनि उत्तिकै छ ।

“काठमाडौंसहित मुलुकका विभिन्न भागमा आज हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ,”मौसमविद् मञ्जु वासीले बाह्रखरीसँगको कुराकानीमा शुक्रबार बिहान भनिन्, “पच्चिमी भूभागमा हल्का वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा पर्सीसम्म असर पर्ने देखिएको छ ।”

पश्चिमी वायुको प्रभाव आजदेखि पूर्वी र मध्य पहाडी भूभागमा पर्ने उनको भनाइ थियो ।

त्यसपछि हिमाली क्षेत्रमा हिमपात पर्न सक्ने अनुमान रहेको जानकारी गराइन् ।

आज देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भूभागलगायत मध्यका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, असिनासहित वर्षाको सम्भावना रहेको उनको वासीको भनाइ थियो । बाह्रखरी बाट साभार

चर्चामा

सम्बन्धित समाचार