शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • कोरोना भाइरससँग हामी सचेत हुनुपर्छ तर अतालिनु जरूरी छैन –डा. राजु जैशी (भिडियो सहित)

कोरोना भाइरससँग हामी सचेत हुनुपर्छ तर अतालिनु जरूरी छैन –डा. राजु जैशी (भिडियो सहित)

  • मङ्लबार, फाल्गुन २७, २०७६
कोरोना भाइरससँग हामी सचेत हुनुपर्छ तर अतालिनु जरूरी छैन –डा. राजु जैशी (भिडियो सहित)

बाजुरा– कोरोना भाइरस अहिले जताततै यसैको चर्चा छ । नहोस् पनि कसरी ? मानिसको रौंको चौडाइको नौ सय भागको एकभाग जत्रो हुने यो भाइरस अहिले ८० भन्दा बढी देशमा फैलिएको छ । गत डिसेम्बरदेखि चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट फैलिन सुरू भएको थियो । ठूलो मात्रामा संक्रमण फैलिएका चीन, दक्षिण कोरिया, इरान, इटालीजस्ता देशले यसलाई कसरी रोक्ने र थप फैलिन नदिने भन्नेमा आफ्नो ध्यान केन्द्रीत गरेका छन् । नेपालजस्ता संक्रमण नदेखिएका देशले यो भाइरस आउनै नदिन चाल्नु पर्ने कदम चालिरहेका छन् ।

तै पनि भाइरस तीव्र गतिमा फैलिरहेको छ । खाएपछि निको भइहाल्ने कुनै औषधी बनिनसकेको र पर्याप्त सूचनाको अभावमा धेरै मानिस कोरोनाको डरले त्रसित छन् । बडिमालिका खबरले पनि जिल्ला अस्पताल बाजुराका डा. राजु जैशी सँग कोरोना भाइरसका बारेमा कुराकानी गरेका छौ । उहाँ भन्छन् कोरोना भाइरससँग हामी सचेत पक्कै हुनुपर्छ तर अतालिनु जरूरी छैन । बिशेष रुपमा सरसफाइमा र खान पानमा ध्यान दिनु पर्ने जोड दिन्छन् । दैनिक शारिरिक ब्याम गर्ने, धेरै प्रोटिनयुक्त खानेकुरा खानुपर्ने वताएका छन् । त्यस्तै तनाव जस्तो कुरा बाट टाढा रहयो भन्यो कोरोना भाइरस बाट बच्न सकिन्छ जैशीले थपे ।

जिल्ला अस्पताल बाजुराका डा. राजु जैशी सँग गरिएको कुराकानी

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार कोरोना भाइरसको संक्रमण भएकामध्ये ३.४ प्रतिशत बिरामीको मात्र मृत्यु भएको छ । त्यो भनेको संक्रमण भएकामध्ये ९६ प्रतिशतभन्दा बढी निको भएका छन् । फरक उमेर समूहमा कोरोना भाइरसको प्रभाव फरक देखिएको छ । कम उमेरका बालबच्चा वा वयस्कलाई यो भाइरसले कम प्रभाव पारेको छ । डब्लूएचओका अनुसार ४० वर्षभन्दा कम उमेर समुहका मानिसको मृत्युदर ०.२ प्रतिशतमात्र छ । अर्थात् कोरोना भाइरस लागेका ४० वर्षभन्दा कम उमेरका एक हजार जनामध्ये दुई जनाको मात्र मृत्यु भएको छ । ८० वर्षभन्दा माथिका मानिसहरूको मृत्युदर बढी छ ।

चर्चामा

सम्बन्धित समाचार