उच्च भागमा हिमपाँत

  • शनिबार, फाल्गुन २४, २०७६
उच्च भागमा हिमपाँत

शुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेशका हिमाली क्षेत्रमा भारी हिमँपात भएको छ । बिगतका बर्षमा फागुनमा आएर हिमँपात हुदैन थियो, यो बर्ष भने फागुनको अन्तिम तिर सम्म हिमँपात भइरहेको छ । यो बर्ष भने मंसिर बाट हिउँ पर्न शुरु भएको हो अहिले सम्म हिउँ परिरहेको स्थानियले वताएका छन् ।
बिहिवार राति देखी हिमाली भेगमा हिमँपात भइरहेको छ । पहिला हिउँ आएपनि एकसातामा बिलाउने गरेको थियो, तर यो बर्ष भने ४ महिना देखी हिउँ परिरहेको स्थानियले वताएका छन् । पटक पटक हिउँ परिरहेको छ, बाटोहरु अहिले सम्म अलपत्र रहेको हिमाँली गाँउपालिका ३ का वडा सदस्य जगत बहादुर लामाले वताए । धेरै बर्ष पछि ठुलो हिमँपात भएको उनले वताए । यो २० बर्षपछिको ठुलो हिमँपात भएको उनले वताए ।
मंसिरको अन्तिम साता देखी पटक पटक हिमपाँत भएपछि अत्याधिक चिसोले दैनिक जिवन प्रभाबित भएको छ । एक ठाँउ बाट अर्को ठाँउमा आवतजावत गर्न समस्या हुनुका साथै केही गाँउ सम्पर्क बिच्छेद बनेका छन् । स्थानिय सडक यातायात पनि पटक पटक अबरुद्ध हुने गरेका छन् । हिमाली र पहाडि भेगमा सडकहरु बन्द भएका छन् । मार्तडी कोल्टि सडक केही दिन सञ्चालनमा आएपनि शुक्रवार देखी बन्द भएको छ ।
चिसाको कारणले हिमाली भेगका गाँउमा बस्न नसकिने अबस्था भएपछि केही बस्ति बेशि तिर झरेको छन् । जिल्लाका सबै बिद्यालयको पठनपाठनमा समस्या भएको जिल्ला शिक्षा समन्वय अधिकारी गोपालदत्त जोशीले वताए । एक त बिद्यालयमा भौतिक पुर्वाधार छैन्, अर्को यस्तो चिसोमा निकै समस्या भएको उनले वताए । बिगतका बर्षमा बेशी झरेकाहरु फागुनको पहिलो सातमा फिर्ता हुने गरेका थिए, यो बर्ष भने अहिले सम्म फिर्ता नभएको हिमाली १ का दलजित रोकायाले वताए ।
बझाङ्ग, दार्चुल्लाका उच्च भागमा पनि चिसोले जनजिवन प्रभाबित भएको छ । बझाङ्गको काँडा गाँउपालिकामा पनि चिसोले जनजिवन प्रभाबित बनेको स्थानियले वताएका छन् । चिसो बढेपछि जिल्लामा बिद्यालय समेत प्रभाबित भएका छन् । कर्णालीका हुम्ला, मुगु, जुम्ला, कालिकोटमा चिसोले भाइरलका बिरामी समेत बढेका छन् । चिसोका कारणले रुखाखोकी, ज्वरोका बिरामी बढेको स्वास्थ्य संस्थाहरुले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार