• होमपेज
  • समाज
  • महिला र बालिका बलात्कार गर्नेलाई कैद

महिला र बालिका बलात्कार गर्नेलाई कैद

  • शनिबार, फाल्गुन २४, २०७६
महिला र बालिका बलात्कार गर्नेलाई कैद

अछाम जिल्ला अदालतले छुट्टाछुट्टै घटनाका बलात्कार आरोपी २ जनालाई कैद सजाय र क्षतिपूर्तिको फैसला सुनाएको छ।

अछाम जिल्ला अदालतका न्यायधिश नविनकुमार जोशीको इजलासले गत साउन महिनामा एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका पञ्चदेवल  विनायक नगरपालिका वडा नम्बर ६ तोलीका ४० वर्षीय मोहनबहादुर रावललाई ७ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ। साथै रावललाई दुई लाख ५० हजार क्षतिपूर्ति पिडित महिलालाई दिनुपर्ने फैसला समेत गरेको जिल्ला अदालतका श्रेस्तेदार प्रेम प्रकाश थापाले जानकारी दिए।

उजुरी परेपछि रावललाई गत साउन १७ गते प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ। महिलाका श्रीमान भारतमा रहेको अवस्थामा उनीमाथी बलात्कार भएको जनाइको छ । याे खबर दिनेश खबरले लेखेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार