बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • ठेक्का मिलोमतो बिषयमा नेकपा गाउँ कमिटि र अनेरास्ववियुले बुझायो ज्ञापन पत्र

ठेक्का मिलोमतो बिषयमा नेकपा गाउँ कमिटि र अनेरास्ववियुले बुझायो ज्ञापन पत्र

  • शुक्रबार, फाल्गुन २३, २०७६
ठेक्का मिलोमतो बिषयमा नेकपा गाउँ कमिटि र अनेरास्ववियुले बुझायो ज्ञापन पत्र
हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले निर्माण ब्यवसायी संघ बाजुराका अध्यक्ष विनोद शाहीसंग ठेक्का मिलाउनको लागि पैंसाको बार्गेनिङ्ग गरेको अडियो प्रकरण पछी नेकपा हिमाली गाउँ कमिटी र अनेरास्ववियु जिल्ला कमीटीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउदै । तस्वीर : बडिमालिका खवर

बाजुरा २३ फागुन — हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले निर्माण ब्यवसायी संघ बाजुराका अध्यक्ष विनोद शाहीसंग ठेक्का मिलाउनको लागि पैंसाको बार्गेनिङ्ग गरेको अडियो बिभिन्न संचार माध्याममा सार्वजनिक भएसंगै नेकपा हिमाली गाउँ कमीटी र अनेरास्ववियु जिल्ला कमीटीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । स्थानीय सरकारको प्रमुख जस्तो गरिमामय पदमा बसेर आफुलाइ आर्थिक लाभ हुने गरि कुनै निर्माण कम्पनीका ठेकेदारसंग करोड बढीको बार्गे्निङ गरेको अडियो सार्वजनिक भएपछि नेकपा हिमाली गाउँपालिकाका नेताहरुले अध्यक्ष मल्ललाई कानुनी कार्बाहीमा ल्यान जिल्ला प्रसासनको ध्यानकर्षणका साथै कार्बाही गर्नुपर्ने सो बिज्ञप्तीमा उल्लेख गरिएको छ ।


आफ्नै कार्यकक्षमा बोलाएर ठेकेदार संग बारर्गेङि गरि पैशा असुल गर्नु भनेको सरकार दिएको रकमको सरासर दुरुपयोग हो नेकपा हिमाली गाउँपालिका कमीटी र अनेरास्ववियूको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेकपा हिमाली गाउँपालिका इन्चार्ज छप्कीलाल बुढथापा र सह इन्चार्ज गोरख शार्की त्यसै गरी अनेरास्ववियु बाजुराका संयोजक राजिव रोकायाको हस्ताक्षेरमा छुट्टाछुटै ज्ञापन पत्र जिल्ला प्रशासनमा प्रमुख जिल्ला अधिकारीलाई बुझाएको अनेरास्ववियू बाजुराका सचिवालय सदस्य हिक्मत रोकायाले बताए ।
हिमाली गाउँपालिका वडा नं ४ फैतिमा रहेको शैलेश्वरी प्राविधिक विद्यालयको भवन निमार्ण कार्यको लागि भ्याट बाहेक १ करोड ६९ लाख १० हजार ७ सय ५७ रुपैयाँको ठेक्का खोली आफ्ना छोरालाई मिलाई दिन पैंसाको बागेनिङ्ग गरेको नेकपा हिमाली गाउँपालिकाका नेता गोरख शार्कीले बताएका छन् ।
करोडौं रकमको डिल गरेको अडियो रेकर्ड सार्वजनिक शुक्रबार मार्तडीमा पत्रकार सम्मेलन गर्दै नेकपा हिमालीका नेताहरुले स्थानीय सरकारको प्रमुखले यसरी विद्यालय जस्तो पवित्र संस्थाको भवन बनाउने योजनामा ठेकेदार संग बाग्रेनिङ्ग गरेको कुराले सिंगो हिमाली गाउँपालिका बासीहरुको नै बेइजत भएकोमा आपत्ति जनाएका छन् ।


निमार्ण ब्यबसायी संघका अध्यक्ष शाहीले त्यो त कम भयो भन्दा १ करोड को ७ प्रतिशद रुपैयाँ लौजानुस समेत भनेका छन् । ब्यबसायिहरुले १३ लाख दिनु पर्ने अडान राखेपछि अन्तमा गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्ल ९ लाख दिएर कार्यकक्षबाट बाहिरीएको अडियोमा खुलेको छ । सरकारले ठेक्का प्रक्रियाबाट घटाघट गरि योजना निर्माण गर्ने गरे पनी स्थानिय तहका जनप्रतिनिहरुले यसरी लुट मचाईरहदा सरोकारवाला निकाय भने मौन रहेको स्थानियको गुनासो छ ।

https://www.youtube.com/watch?v=NklKrOqci_U&t=125s

चर्चामा

सम्बन्धित समाचार