• होमपेज
  • समाचार
  • प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल, अस्पतालले पत्रकार सम्मेलन गर्दै

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल, अस्पतालले पत्रकार सम्मेलन गर्दै

  • बुधबार, फाल्गुन २१, २०७६
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल, अस्पतालले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । सबैको चासोको विषय रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणबारे अस्पतालले पत्रकार सम्मेलन गरेर जानकारी गराउने भएको छ ।

प्रधानमन्त्रीलाई मिर्गौला प्रत्यारोपणका लागि बुधबार बिहान १० बजेपछि अपरेशन थिएटरमा लगिएको थियो । प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पतालले अपरान्ह साढे चार बजे पत्रकार सम्मेलन गरेर स्वास्थ्यस्थितिबारे जानकारी दिन लागेको हो ।

चिकित्सकहरुले अनौपचारिक रुपमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको बताएपनि अस्पतालले औपचारिक पत्रकार सम्मेलनमार्फत जानकारी दिने जनाएको छ ।

प्राध्यापक डा. अरुण शायमीका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरेर टेष्ट गर्दा युरिन सपोर्ट भएको छ । ओलीलाई भान्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी हुन् ।

ओलीको यो दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार