शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • त्रिवि उपकुलपति कार्यकक्षमा नेविसंघले राख्यो कालो ब्यानर-स्वबियु निर्वाचन कहिले?

त्रिवि उपकुलपति कार्यकक्षमा नेविसंघले राख्यो कालो ब्यानर-स्वबियु निर्वाचन कहिले?

  • सोमवार, फाल्गुन १९, २०७६
त्रिवि उपकुलपति कार्यकक्षमा नेविसंघले राख्यो कालो ब्यानर-स्वबियु निर्वाचन कहिले?

नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यकक्षमा कालो ब्यानर राखेका छन्।

सोमबार नेविसंघ विश्वविद्यालय समितिले बाँस्कोटाको कार्यकक्षको भित्तामा कालो ब्यानर राखेको हो। उक्त ब्यानरमा उपकुलपतिज्यू, स्ववियु निर्वाचन कहिले? लेखिएको छ। नेविसंघ विश्वविद्यालय समितिका सभापति हरि आचार्यको नेतृत्वमा उपकुलपति भेट्न पुगेका विद्यार्थीले तत्काल स्ववियु निर्वाचन मिति तोकिनुपर्ने माग गरेका थिए। फागुन १४ गते स्ववियु निर्वाचन हुनु पर्ने भए पनि त्रिविले अनिश्चितकालका लागि निर्वाचन रोकेको छ।

कार्यक्रममा सम्बोधन गर्दै नेविसंघ विश्वविद्यालय समितिका सचिव योगेन्द्र रावलका अनुसार २४ घण्टाभित्र उपकुलपतिले स्ववियु निर्वाचनबारे जवाफ दिनुपर्छ। सचिव रावलले कहिले सितलनिवास को फरियामा नाच्ने,कहिले बालुवाटारको उखान टुक्कामा रमाउने उपकुलपति ले बिश्वविधालयमा गर्नुपर्ने पदाधिकारी नियुक्ति नगर्ने,स्वबियुलाई बदनाम गराउने,आफू कर्तव्य बिहिन हुने उपकुलपति हामिलाई चाहिदैन| त्रिविमा रिक्त पदाधिकारीहरू छिटो नियुक्त गर्न पनि नेविसंघले माग गरेको छ।

चर्चामा

सम्बन्धित समाचार