शुक्रबार, कार्तिक ३०, २०८१
  • होमपेज
  • समाचार
  • कार्यालय प्रमुख र ठेकेदारको लापरवाहिले विधुत लाईन जडानमा ढिलाई

कार्यालय प्रमुख र ठेकेदारको लापरवाहिले विधुत लाईन जडानमा ढिलाई

  • सोमवार, फाल्गुन १९, २०७६
कार्यालय प्रमुख र ठेकेदारको लापरवाहिले विधुत लाईन जडानमा ढिलाई

 जिल्लाको जयपृथ्वी नगरपालिका वडा नं ७ मा रहेको धम्नाउमा विधुत लाईन जडानमा ढिलाई भएको छ । नेपाल बिधुत प्राधिकरण बझाङ शाखाका प्रमुख राकेश भट्ट र निर्माणको जिम्मा पाएको रकाल कन्टक्सनका ठेकेदार दिनेश बिष्टको लापरवाहिका कारण लाईन जडानमा ढिलाई भएको हो ।

लाईन जडानको काम करिब ९९ प्रतिशत सकिएको भएपनी लाईन बिस्तार भएको डेढ महिना बिति सक्दा पनी अहिले सम्म गाँउमा बिजुली बल्न सकेको छैन । जयपृथ्वी नगरपालीका वडा न ७ का स्थानिवासी गणेश वोहराका अनुसार लाईन बिस्तार भएको डेढ महिना बिति सक्दा पनी गाँउमा लाईन जडान कार्यमा आलटाल हुदै आएको बताए ।

‘गाँउमा बिजुली आउने भनेर लाईन बिस्तार गर्ने कार्यमा सवै गाँउलेहरु मिलेर पोलीङ लाईन तान्ने काममा सहयोग गञ्यौ , गाँउमा बिजुली बाल्ने भयौ भनेर वडा कार्यालयवाट सिफारिस पनी लियौ’ अर्का स्थानिय श्रीकृष्ण वोहराले भने – ‘बिधुत अफिसमा लाईन जडानका लागी पटक पटक धाउदा पनि हाकीम सापले कहिले कर्मचारीको अभाव त कहिले ठेकेदारलाई भन्नुहोस एक दुई दिनमै भै हाल्छ तपाईहरु जनुहोस काम भै हाल्छ भनेर आलटाल हुदै आएको छ ।’

लाईन बिस्तारको जिम्मा पाएको रकाल कन्टक्सनका ठेकेदार बिस्टका उनुसार कहिले कामदारको अभावका कारण गाँउमा बिजुली वाल्ने काम केहि ढिला भएको बताए । यस बिषयमा कुराकानी गर्दा बिधुत प्राधिकरण सुदुरपश्चिम प्रदेश, प्रादेशिक प्रमुख सतिश कुमार कर्णका अनुसार बिधुत प्राधिकरण बझाङ शाखाका प्रमुख राकेश भट्ट सँग यो बिषयमा कुराकानी गरेर पहल गर्ने बताए ।

जिल्लामा राष्ट्रिय प्रशारण लाईन जडान भएको दुई वर्ष बिति सकेको भए पनि बझाङको सदरमुकाम चैनपुर नजिकै जोडिएको गाँउका स्थानिय वासिन्दाहरु अन्धकारमा बस्न बाध्य भएका छन । बिधुतको सुबिधा नपुग्दा जयपृथ्वी नगरपालीकाको सुवेडा, खगेडा, ज्वाडा, छयाला, कैलास पिमी ,सुईल मयानाका वासिन्दाहरु अन्धकारमा वस्न वाध्य भएका हुन् ।

चर्चामा

सम्बन्धित समाचार