• होमपेज
  • फिचर
  • सुन्दर नाम, टर्रा स्टाफ र बिरामीलाई कहर 

सुन्दर नाम, टर्रा स्टाफ र बिरामीलाई कहर 

  • सोमवार, फाल्गुन १९, २०७६
सुन्दर नाम, टर्रा स्टाफ र बिरामीलाई कहर 
        राधा पाेख्रेल

तिन दिनदेखि देब्रे खुट्टाको गोलिगाँठो दुखिरहेको थियो । कामको दौडाहा र चिसोले होला भन्दै काममा नै तल्लिन थिँए । तर अस्तिदेखि असामान्य रुपमा सुन्निएपछी घर नजिकै रहेको ओम् हस्पिटलमा सेल्फ एक्स-रे गर्नुपर्यो भन्दै काउन्टरमा गएँ । त्यहाँ पुगेपछि Emergency मा जानुस भनियो ।

Emergency कार्यरत सेतोकोट धारी महिला (सायद उहाँ नर्स ) हुनुहुन्थ्यौं । उहाँ संग मैले मलाई यस्तो समस्या भयो, एउटा एक्स-रे गर्नु पर्यो भने ।
उहाँले भन्नभयो ” कि भर्ना हुनुस या त डा. लाई लेखाएर ल्याउनुहोला । नत्र एक्स-रे गर्न मिल्दैन” । अलि अबेरै पुगेकोले डा. पनि निस्कि सक्नुभएछ । एक्स-रे गर्न त्यति ठुलो समस्या पनि थिएन । बाटो भरि भेटिने मेडिकल हलमै अचेल एक्स-रे गर्ने गरेको भेटिन्छ । फेरी मलाई त्यति ठुलो भर्नै हुनु पर्ने समस्या त थिएन ।

सिँहदरवारको भित्रको भेटघाट सकि अहिलेको सजिलो सडक धोबिखोला करिडोर हुँदै घर आउने क्रममा बाटो पर्यो, एकफेर ओम् हस्पिटलमा पसेर सेल्फ एक्स-रे गरौ भन्ने मन बनाउदै गाडी पार्किङमा अड्याएर भित्र पसि सोधखोज गरेकि थिएँ । यत्तिमै मलाई लाग्यो ठुलो अपरेसन नै गर्नलाई जस्तो गरी भर्ना हुनै पर्छ भनियो । त्यसपछि म हतारमा भएकाले निस्किदै थिँए । गेटमा एकजाना डा. भेटिनुभयो र उहाँलाई आफ्नो समस्या सम्पुर्ण अबगत गराएँ । उहाले त्यहि मेचमा राखेर मेरो सुनिएको खुट्टा हेरेपछि बडो मिजास सँग भन्नुभयो। समस्या त खासै देखिएन त्यहि पनि एक्स-रे हेर्नुपर्छ । मेरो डिउटी छ emergency मा रिपोर्ट लिएर आउँनुहोला है ।

No photo description available.

त्यसपछि म रिपोर्ट लिएर त्यहाँ पुगे । डा. देखिनु भएन । अनि तिनै नर्श र महिला डा . लाई भने मलाई रिपोर्ट लिएर आउनु भन्नुभएको थियो । खोइ त डा ?
त्यसपछि अघिकै महिला डा. ले च्याठिएको स्वरमा भनिन । सेवा गर्न धर्मशाला खोल्या हो र ? पैसा नतिरी रिपोर्ट देखाउन मिल्छ ?” तिनको बोलि र ब्यबहार देखेर म अबाक हुदै हातमा रिपोर्ट लिएर घर फर्के ।आखिर मैले त्यो एक्स-रे सित्तैमा त गरेको थिईन नी ! सामान्य एक्स-रे गर्न रु. पाँच सयको टिकट त काटेकै थिएँ ।

केहि समय अगाडि उपचारको बिल तिर्न नसकेर बिराटनगरको एउटा अस्पतालबाट हाम फालेर एक जनाले आत्महत्या गरेको समाचार पनि देखेको थिएँ । कोही कुपोषण भएर मर्नुपर्ने, कोही बिल तिर्न नसकेर आत्महत्या गर्नुपर्ने ?

हेर्नुस त हामिलाई त यो अवस्थामा रहन्छौ भने गरिव असहाय र निमुखा बिरामिको अवस्था कति भयानक र दर्दनाक होला ?
मान्छेमा नैतिकता स्खलित भइरहेको छ । मानवता मरिरहेको छ । अझ यसो भनौं- हामी सबै आ-आफ्नो स्वार्थमा ब्यस्त छौं । आ-आफ्नै खुसीमा मस्त छौं । आजकल आफूजस्तै अरू मान्छेको दुःखले हाम्रो मुटु दुख्दैन । पीडा र वेदनाले हाम्रो मन रूँदैन । साँच्चै कहीँ, कतै चित्त बुझाउने ठाउँ छैन । सम्झँदा मात्र पनि मूर्छा परिएला जस्तो हुन्छ । उफ ! कति भक्कानिन्छ मन । खै कसरी व्यक्त गरौं शब्दमा !

बाँच्न पाउनु मान्छेको नैसर्गिक अधिकार हो । हाम्रो संविधानले स्वास्थ्यलाई मानवअधिकारका रूपमा परिभाषित गरेको छ ।
बिरामीको पहिलो औषधि डाक्टर र नर्शको नम्र ब्यवहार र बोलिबचन हो । सम्बन्धित निकाएको ध्यान जावस् ।

चर्चामा

सम्बन्धित समाचार