शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • बयालपाटा अस्पतालमा भोलि देखि स्त्री, प्रसुती तथा आँखा रोग सम्बन्धी निशुल्क सर्जिक शिबिर हुदै

बयालपाटा अस्पतालमा भोलि देखि स्त्री, प्रसुती तथा आँखा रोग सम्बन्धी निशुल्क सर्जिक शिबिर हुदै

  • आइतवार, फाल्गुन १८, २०७६
बयालपाटा अस्पतालमा भोलि देखि स्त्री, प्रसुती तथा आँखा रोग सम्बन्धी निशुल्क सर्जिक शिबिर हुदै

फागुन १८ अछाम– अछाम जिल्लाको बयालपाटा अस्पतालमा सोमबार देखि स्त्री, प्रसुती तथा आँखा रोग सम्बन्धी निशुल्क सर्जिक शिबिर हुने भएको छ ।

भोली सोमबार देखि बुधबारसम्म स्त्री र प्रसुती सम्बन्धी समस्या भएका बिरामीको लागि निशुल्क उपचार शिबिर हुनेछ भने २२ गते गते देखी २४ गतेसम्म आँखा रोगको निशुल्क उपचार तथा शल्यक्रिया शिबिर संचालन हुने आयोजक महेन्द्र कुवँर प्रतिष्ठानले जनाएको छ ।

शिबिरमा स्त्री, प्रसुती रोगको उपचार र आवश्यक परेका बिरामीको शल्यक्रियाका सथै अन्तिम ३ दिनमा आँखा सम्बन्धी बिरामीको लागि शिबिर संचालन हुने बयालपाटा अस्पतालका अर्थोपेडिक सर्जन डाक्टर मन्दिप पाठकले बताउनु भयो ।

महेन्द्र कुवँर प्रतिष्ठानको आर्थिक सहयोग तथा बयालपाटा अस्पतालको समन्वयमा शिबिर संचालन हुन लागेको हो । स्त्री तथा प्रसुती शिबिरको लागि काठमाण्डौँको हेम्सबाट शिनियर डाक्टर अतित पौडेल सहितको बिशषज्ञ टोली आजै अछाम पुगिसकेको छ ।

आँखा शिबिरको लागि गेटा आँखा अस्पतालको बिशेषज्ञ टोली आउने बताईएको छ । पाठ्यघर खस्ने महिला, आङ्ग खस्ने समस्या भएका महिला, बृद्ध महिला तथा अन्य पाठ्यघर सम्बन्धी समस्या भएकाहरुको उपचार र शल्यक्रिया हुने बताईएको छ ।

यस्तै आँखा शिबिरमा सबै प्रकारका आँखा सम्बन्धी रोगको उपचार र शल्यक्रिया हुने समेत जनाईएको छ ।

चर्चामा

सम्बन्धित समाचार