शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • स्वास्थ्य चौकी पुग्न स्टेचरकै भर

स्वास्थ्य चौकी पुग्न स्टेचरकै भर

  • आइतवार, फाल्गुन १८, २०७६
स्वास्थ्य चौकी पुग्न स्टेचरकै भर

बझाङको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ६ की शान्ती देवि भाइरल ज्वरोले ग्रसित भइन्। ज्वरो नघटेपछि छोरा प्रविन परियारले दुई दिनदेखि थला परेकी आमालाई स्वास्थ्य जाँच गर्न स्वास्थ्य चौकी लाने भए। तर वडामै रहेको लेकगाउँ स्वास्थ्य चौकी पुर्‍याउन न त एम्बुलेन्स थियो न त यातायातको साधन नै।

प्रविनले गाउलेसँगको मदद्तमा कपडा बेरेर बनाइएको स्टेचरमार्फत दुई घण्टा लगाएर आमालाई स्वास्थ्य चौकी पुर्‍याए। ‘गाउँमा गाडी पुग्ने सडक त जसो तसो गाउँपालिकाले पुर्‍यायो, तर जनताको समस्या हटेको छैन,’ स्वास्थ्य चौकी पुगेपछि उनले भने।

वर्षामा डोजरले खनेका सडक भत्कने र हिलाम्य हुँदा हिड्नसम्म नमिल्ने गरेको उनको भनाई छ। सडक अवरुद्द हुँदा बिरामी, सुत्केरी र चोटपटक लागेका घाइतेलाई जिल्ला अस्पतालसम्म लैजान स्टेचर वा डोको नै प्रयोग गर्नुपर्ने बाध्यता छ।

सोही ठाउँका प्रकाशकुमार नेपालीले गाउँमा मानिसहरु बिमारी पर्दा प्रायः यसैगरी बोक्नुपर्ने अवस्था रहेको बताए। अर्का स्थानीय सरोज महरले गाउँपालिकाले सबै वडामा बनाएका बाटोमा एम्बुलेन्स चलाउन पहल गर्नुपर्ने आवश्यकता औँलाए।

लेकगाउँ स्वास्थ्य चौकीका निमित्त इन्चार्ज देउपाल जप्रेलले एम्बुलेन्स र समयमै सवारी साधन नभएपछि रेफर गर्नुपर्ने अवस्थाका बिरामीलाई निकै समस्या हुने गरेको बताए। उनले गाउँपालिकाको मटेला स्वास्थ्य चौकीलाई एम्बुलेन्स दिएपनि विकटका स्वास्थ्य चौकीमा स्टेचरमा बोक्नुपर्ने बाध्यता रहेको बताए।

गाउँपालिकाका अध्यक्ष अक्कल धामीले प्रदेश सरकारले वितरण गरेको एम्बुलेन्सले सेवा दिन नसकेको बताए। प्रदेशको सामाजिक विकास मन्त्रालयले गाउँपालिकामा एउटा अत्याधुनिक एम्बुलेन्स दिएको भएपनि छ महिना नपुग्दै बिग्रेर थन्केको छ।

व्यवस्थापन कार्यविधि नदिएकाले पनि सञ्चालनमा समस्या भएको अध्यक्ष धामीले बताए। उनले यसै वर्षभित्र गाउँपालिकाले आफ्नै बजेटबाट एम्बुलेन्स खरिदको तयारी गरेको जानकारी दिए।

सुदूरपश्चिमका पहाडी जिल्लाका स्थानीय तहहरुले सडक निर्माणलाई प्राथमिकता दिए पनि एम्बुलेन्स सेवा नहुँदा बिरामीको स्वास्थ्य जोखिममा पर्ने गरेको छ।

सुदुरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले प्रदेशको पहाडी सातवटा जिल्लाका १६ वटा निर्वाचन क्षेत्रमा एक/एक वटा एम्बुलेन्स वितरण गरेको छ। तर, वितरण गरेका एम्बुलेन्सले दिने सेवा भने, त्यहाँका स्लेथानीय पाउन नसकेको उनीहरुको गुनासो छ। सेताे पाटी डट कमबाट 

चर्चामा

सम्बन्धित समाचार