बाजुरा १८ फागुन — जिल्लाको बुढीनन्दा नगरपालिका वडा नं. ९ स्थित भेरालमाण्डौं सामुदायिक वनका मृत अवस्थामा भेटिएको चितुवा वन डिभिजन कार्यालय परिसरमा गाडिएको छ ।
शनिबार मृत अवस्थामा भेटिएको चितुवा अस्थायी प्रहरी पोष्ट र वन डिभिजन कार्यालय बाजुराबाट खटिएको कर्मचारीको टोलीले सो ठाउँबाट उद्धार गरेका थिए ।
वन डिभिजन कार्यालय बाजुराको परिसरमा प्रहरी, पशु विज्ञ केन्द्र, पत्रकार र वन डिभिजन कार्यालयका कर्मचारीहरुको रोहबरमा मृत भेटिएको चितुवालाई गाडिएको छ ।
डिभिजन बन कार्यालयका अनुसार उक्त चितुवा ५ फिट लम्बाइ रहेको र चितुवाको आधा सरिर कुहीएको अवस्थामा फेला परेको बताएको छ ।
चितुवाको टाउकोमा गम्भिर चोट लागेको डिभिजन बन कार्यालय बाजुराका वन अधिकृत भिमप्रसाद कंडेलले बताएका छन् ।