शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • पोरखे लेखमा मृत अवस्थामा चितुवा भेटियो

पोरखे लेखमा मृत अवस्थामा चितुवा भेटियो

  • शनिबार, फाल्गुन १७, २०७६
पोरखे लेखमा मृत अवस्थामा चितुवा भेटियो

बाजुरा १७ फागुन– बडीमालिका नगरपालिका ७ स्थित पोरखे लेख नजिकैको जंगलमा मृत अवस्थामा एक चितुवा फेला परेको छ । शनिबार विहान स्थानीयहरुले जंगलमा चितुवा मृत अवस्थामा फेला पारेको प्रहरीलाई खवर दिएपछि जिल्ला प्रहरी कार्यालय बाजुरा र वन डिभिजन कार्यालयका कर्मचारीको टोली टोली मृत चितुवाको उद्धार गर्न पठाईसेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराइले जानकारी दिएका छन् ।

मृत अवस्थामा भेटिएको चितुवा आधा भाग नभएको र मृत चितुवाको घटना स्थलमै पुगेर मुचुल्का तयार गरी आजै डिभिजन वन कार्यालय बाजुरामा ल्याउने तयारी भईरहेको डिएसपी भट्टराईले बताउनु भयो । मृत अवस्थामा भेटिएको चितुवा चोरीसिकारीले थापेको पासोमा परेर मरेको हुन सक्ने वन डिभिजन कार्यालय बाजुराका वन अधिकृत भिम प्रसाद कंडेलले बताए । मृत अवस्थामा भेटिएको चितुवा जिल्ला सदरमुकाम मार्तडीमा ल्याई परीक्षण गरेपछि डिभिजन वन कार्यालय बाजुरा परिसरमै गाढिने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार