बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बडिमालिका
  • उपभोक्ता समितिको चरम लापरवाहीका सदरमुकामको खानेपानी अस्तब्यस्त

उपभोक्ता समितिको चरम लापरवाहीका सदरमुकामको खानेपानी अस्तब्यस्त

  • बुधबार, फाल्गुन १४, २०७६
उपभोक्ता समितिको चरम लापरवाहीका सदरमुकामको खानेपानी अस्तब्यस्त

लक्ष्मीराज पाध्याय/ बाजुरा १४ फागुन — बाजुरा जिल्लाको सदरमुकामा रहेको खानेपानी नियमिता नपाउनु बृहत खानेपानी उपभोक्ता समिति मार्तडीकाे दोसी देखीएकाे छ । अर्काे खानेपानीकाे चरम अभाब हुँदा पनि नगरपालिकाले चासाे नदिनु पनि समस्या भएकाे हाे । पहिला समितिले पानिकाे ब्यबस्थापन गर्ने हाे, समितिले ब्यबस्थापन नसके नगरपालिकाकाे हाे । तर यि दुबै पानिकाे ब्बयस्थापन गर्न भन्दा एक आपसको होडबाजीका कारण जिल्ला सदरमुकाम बासी खानेपानीबाट बन्चीत हुनुपरेको हो ।

बाजुरा जिल्ला सदरमुकाममा मार्तडीमा भदौ महिनादेखि खानेपानी अभाव भएको हुदै आएको छ । भदौ देखी खानेपानीको समस्या झेल्दै आएका सदरमुकामवासी महिनामा ४ दिनमात्र खानेपानी धारामा देखीन्छ । स्थानीय जनप्रतिनिधीको पहिलो प्रथमीकता पानी भए पनी हप्तामा एक दिनमात्र सेवाग्रहीले आफ्नो धारामा पानी भर्न पाउछन् ।
स्थानीय तह भईसके लगत्तै बृहत मार्तडी खानेपानीको सुधारका लागी करोडौ बजेट बिनीयोजन गरेको भए पनी सेवाग्राहीलाई भने पानी पु¥याउन सकेको देखीदैन । नगरपालिकाका जनप्रतिनीधी र कर्मचारीले यस बिषयमा चासो नदिएको बनाउदै छौ भनेर आलटाल गर्ने गरेको स्थानीयले बताउदै आएका छन् । हप्तामा एक दिन धारामा पानी आउछ त्यही दिन मात्र सेवा पाउछौ महिनामा ४ दिन पानीको पुरै महिनाको बिल भुक्तानी लिन्छन स्थानीयले बताएका छन् ।

बडीमालिका नगरपालिकाले मार्तडीमा खानेपानी व्यवस्थित गर्ने योजना बनाएको लामो समय भए पनि समस्या समाधान हुन सकेको छैन । धारामा पानी आउन छाडेपछि स्थानीय बासिन्दा र बजारवासी थापावाडा बाउली र विद्युत् नहरको पानी खान बाध्य भएको स्थानीय होटल ब्यबासायीले बताए ।

बडीमालिका नगरपालिकाले चारवटा ठूला खानेपानी ट्यांकी निर्माण गरे पनि सदरमुकाममा भने खानेपानी प्रयाप्त मात्रामा नपुगेको स्थानीय स्थानीयको आरोप छ ।  खानेपानीको प्रबन्ध मिलाउन पटक–पटक नगरपालिकालाई आग्रह गरे पनि समस्या समाधान हुन्छ भन्दै टार्ने गरेको स्थानीयको गुनासो रहेको छ ।
बृहत खानेपानी उपभोक्त समिति के भन्छ ?
हाल मार्तडी सदरमुकाम मार्तडीमा खानेपानीको नियमितता दिन रातदीन काम गरिरहेको खानेपानी उपभक्ता समिति बताउछ । बडिमालिका खवरसंग कुरा गर्दै समितिका अध्यक्ष रावलले भने हाल शाखा बिस्तारको काम भइरेको छ । बिभिन्न समस्याका कारण सदरमुकाममा खानेपानीको अनियमितता भएको हो । केही समस्या भएको हामीले पनी महसुस गरेका छौ । केही समतिको कमजारी र केही नगरपालिकाको पनी कमजोरी रहेको अध्यक्ष रावलले बताए ।
यस अघि गरेको कामको भुक्तानी नगरपालिकाले नगर्दा समस्या आएको बृहत खानेपानी उपभोक्ता समितिका अध्यक्ष रावलको भनाई रहेको छ । सदरमुकाममा मार्तडीमा आउने पानीको मुहान देखी केही ठाउँ सडकले अबरोध गरिदिएका कारण पानीको नियमितता हुन नसकेको अध्यक्ष रावलको भनाई रहेको छ ।

नेपानी रिर्जव ट्याकीको तल बडिमालिका मन्दीरको माथीपट्टी मार्तडी कोल्टी सडकका कारण हरेक दिन पानी बिर्गने गरेको छ । साथै ब्यारेक जाने सडकका कारण पनी पानीको पाईप भाँचिने समस्याले उपभोक्त मारमा परेका हुन अध्यक्ष रावलले बताए । खानेपानी उपभोक्ता समितिलाई नगरपालिकाले दिएको कामको अन्तीम चरणमा पुगेको बताए । जसमा भम्क खानेपानी ट्याकीबाट पानी बितरण भईसकेकोले जिउला क्षेत्रमा खानेपानी समस्या हटिसकेको अध्यक्षको दावी रहेको छ । अन्य जिप्रका टयाकी र जिल्ला बन कार्यालय नजिकैको टयाकीबाट पानी बितरण भइसकेकोले पानीको समस्या हटेको बताएका छन् ।

जिल्ला स्वास्थ्य क्वाटरमा रहेको ट्याकीको काम अलीकती अधुरो रहेकोले मुख्य बजारमा पानीमा अनियमितता भएको बृहत खानेपानी उपभोक्ता समितिका सचिव रुद्र थापाले बताए । मुख्य ट्याकीमा पानी लिक भएकोले केही पानी खेर गइरहेको र समितिको खातामा रहेको सबै पैसा सकेर उदारोमा काम गर्दा पनी नगरपालिकाले छुट्याएको बजेट समेत नदिदा अहिले समस्या भएको सचिव थापाको भनाई रहेको छ । मर्मतका लागि कतैबाट केही बजेट भएको भए अवको केही महिना भित्र मार्तडीबासीले पानीको समस्या नहुने सचिव थापाले बताए ।


हाल सदरमुकाम मार्तडीमा ४ सय ५८ ओटा उपभोक्ताहरु समितिमा दर्ता भएका छन् । सरकारी, प्राइभेट र स्थानीय उपभोक्तालाई शुल्क निधारण गरिएको भए पनी नियमित पानी नभएका कारण कसैले शुल्क दिन नमानेका कारण मर्मत सम्भारमा समस्या भएको उपभोक्ता समितिले जनाएको छ । स्थानीय उपभोक्तालाई १ सय ५० होटल ब्यबासायी तथा अन्य पालकिाबाट आएर बसेका सेवाग्राहीलाई २ सय सरकारी कार्यालयलाई ५ सय र २४ घण्टे पाइप लाइन जडान गरेका ग्रहाकहरुलाई १५ सय शुल्क निधारण गरिएको भए पनी हामीले पानी नियमित दिन नसक्दा सो सुल्क पनी माग्न कठिन भएको उपभोक्ता समितिले जनाएको छ ।
बृहत खानेपानी उपभोक्ता समिति नगरपालिकाको मतहतमा छैन : नगरप्रमुख
बृहत खानेपानी उपभोक्ता समिति सघिंय सरकारको मातहतमा रहेकोले हामीले चलाउन नमिल्ने नगरपालिकाको दावी छ । यस अघि जनताको खानेपानीको अधिकारलाई हनन हुन नदिन सो समिति संग सम्झौता गरि केही काम गरेपनी सो समिति नगरपालिकाको मातहतमा र बैधानीक रुपमा नचलेको बडिमालिका नगरपालिका प्रमुख पदम बडुवालको भनाइ रहेको छ । बृहत खानेपानी उपभोक्ता समितिको समया अबधि सकिएकोले आफुले चाहेर पनी सम्झौता गर्न नसकेको प्रमुख बडुवालको भनाई रहेको छ । नगरपालिकाले सो समिति बैधानीक रुपमा आयो भने बजेट दिने पनी बताएको छ । नगरपालिकाले यस बर्ष पनी ६ लाख रुपैया बजे बिनियोजन गरिएको भए पनी समिति बैधानीक र लेखा परिक्षण नबिकरण नभएकोले सो बजेट पनी दिन नसकेको नगरप्रमुख बडुवालले बताए ।


यता बृहत खानेपानी उपभोक्ता समितीले समितिको म्याद आउदो २०७७ को असोज सम्म रहेको र लेखापक्षिण पनी भएको दावी गरेको छ । उपभोक्ता समितिले नविकरणका लागी आफु अन्यौलमा रहेको स्वीकार गरेको छ । स्थानीय तह नहुनु पुर्ब जलश्रोतमा नबिकरण गरिन्थो हाल नगरपालिकामा गर्ने की प्रशासनमा गर्ने भन्ने बिषमै अन्यौल हुदा सस्था नबिकरणमा समस्या भएको समितिले स्वीकार गरेको छ । उपभोक्त समिति जिल्ला प्रशासन र मुहान जलश्रोतमा दर्ता भएकोले कुन ठाउँमा नबिकरण हुन्छ भन्ने कुरामा अन्यौल भएको समितिले जनाएको छ ।
यस्तो भन्छन प्रमुख जिल्ला अधिकारी  : न्यौपाने
संस्था जिल्ला प्रशासनमा दर्ता गरिएको भए जिल्ला प्रशासन कार्यालयमै नबिकरण हुने र जलश्रोतमा दर्ता गरिएको भए । जिल्ला समन्वय समितिको कार्यालयमा नबिकरण हुने ब्यबस्था भएको प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपानेले बताए । जुन ठाउँमा पहिले संस्था दर्ता गरिएको छ त्यही ठाउँमा नबिकरण हुने स्पस्ट ब्यबस्था भएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बडिमालिलका खवर संग बताए । नगरपालिकाको कमजोरीका कारण स्थानीय खानेपानीको समस्यामा पर्दै आएका छन् ।

चर्चामा

सम्बन्धित समाचार