शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रवास
  • उत्तर–पूर्वी दिल्लीका १० इलाकामा कर्फ्यु , १ प्रहरीसहित ४ जनाको ज्यान गयो

उत्तर–पूर्वी दिल्लीका १० इलाकामा कर्फ्यु , १ प्रहरीसहित ४ जनाको ज्यान गयो

  • मङ्लबार, फाल्गुन १३, २०७६
उत्तर–पूर्वी दिल्लीका १० इलाकामा कर्फ्यु , १ प्रहरीसहित ४ जनाको ज्यान गयो

काठमाण्डाै – भारतमा विवादास्पद नागरिकता विधेयकको विरोधमा भएको हिंसाका क्रममा राजधानी नयाँ दिल्लीमा चार जनाको ज्यान गएको छ ।

दिल्लीको यमुनापार क्षेत्रमा साेमबार भएको हिंसामा एक जना प्रहरीसहित चार जनाको ज्यान गएको बीबीसीले जनाएको छ । २५ जनाभन्दा धेरै घाइतेलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । ठाउँठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको खबरमा उल्लेख छ ।

प्रदर्शनकारीले ठाउँठाउँमा आगजनीसमेत गरेका छन् । बढिरहेको हिंसालाई नियन्त्रण गर्न प्रशासनले उत्तर पूर्वी दिल्लीका १० इलाकामा कर्फ्यु लगाएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले प्रदर्शनकारीलाई संयमता अपनाउन आह्वान गरेकाे बीबीसीले जनाएको छ ।

हिंसा फैलिएको क्षेत्र मुस्लिम समुदायको बाक्लो बस्ती रहेको क्षेत्र हो । भारतले ल्याएको नागरिकतासम्बन्धी नयाँ कानुनले मुस्लिम समुदायक बाहेकका आप्रवासीलाई धार्मिक आधारमा नागरिकता दिन सकिने व्यवस्था गरेको छ । संशोधन हुनुअघि नागरिकतासम्बन्धी भारतको ६४ वर्ष पुरानो कानुनले गैरकानुनी आप्रवासीहरूलाई भारतीय नागरिक हुन दिँदैनथ्यो ।

अब हिन्दू, शिख, बौद्ध, जैन, पारसी र इसाई धर्म मान्ने समुदायले पाकिस्तान, बाङ्ग्लादेश र अफगानिस्तानबाट आएको प्रमाण पेस गर्न सकेमा ६ वर्षमात्र भारतमा बसेको वा काम गरेको भरमा अङ्गीकृत नागरिकता पाउन सक्नेछन् । तर मुस्लिम समुदायलाई भने कानुनले विभेद गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार