शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अर्थ/वाणिज्य
  • विपन्नको उपचारलाई ५० करोड निकासा

विपन्नको उपचारलाई ५० करोड निकासा

  • मङ्लबार, फाल्गुन १३, २०७६
विपन्नको उपचारलाई ५० करोड निकासा

सरकारले कडा रोग लागेका बिरामीको उपचारका लागि चालू आर्थिक वर्षको ६ महिनामा ५० करोड अनुदान निकासा गर्ने निर्णय गरेको छ ।

माघ १९ गते बसेको बिपन्न नागरिक औषधि उपचार व्यवस्थापन समितिको बैठकले २१ हजार ५४५ विपन्न नागरिकहरुलाई औषधि उपचार सेवा दिएवापत सूचीकृत सेवाप्रदायक अस्पातालहरुलाई ५० करोड ८ लाख ४३ हजार दिने निर्णय गरेको हो ।

समितिको निर्णयअनुसार अघिल्लो निर्णयमा सम्झौता भइसकेका र हाल सम्झौता भएका मेडिकल कलेज , सरकारी अस्पताल र गैरसरकारी अस्पतालहरुलाई शोधभर्ना मागअनुसारको अनुदान रकम भुक्तानी गरेको हो ।

सरकारले मुटुरोग, मृगौतारोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमिया रोग लागेका नागरिकलाई औषधि उपचारका लागि अनुदान दिँदै आएको छ । यो समाचार आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन् ।

चर्चामा

सम्बन्धित समाचार