शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • समाचार
  • युवा सशक्तिकरण बुलगारी परियोजनाको परिचयात्मक कार्यक्रम सम्पन्न

युवा सशक्तिकरण बुलगारी परियोजनाको परिचयात्मक कार्यक्रम सम्पन्न

  • आइतवार, फाल्गुन ११, २०७६
युवा सशक्तिकरण बुलगारी परियोजनाको परिचयात्मक कार्यक्रम सम्पन्न

 जय बहादुर रावत/बाजुरा ११,फागुन — पीसविन द्धारा संचालित युवा संशक्तिकरण बुलगारी परियोजनाको सन २०२० को परिचयात्मक कार्यक्रम आज सम्पन्न भएको छ । विगत ४ बर्ष देखि बाजुरा लगायत देश भरका ५ जिल्लामा संचालित यस युवा सशक्तिकरण बुलगारी परियोजनाले शिक्षा ,सिप , विकास र आर्थिक गतिविधीहरु मार्फत अवसर सिर्जना गरेर बञ्चितीकरणमा परेका बालबालिकाहरु र युवाहरुको आर्थिक अवस्था सुधार गर्ने खास उद्देश्यका साथ सन २०१६ देखि लागु भई जिल्लामा विभिन्न व्यक्ति तथा संस्थाहरुको समन्यमा कार्यक्रम गर्दै आई रहेको छ । यो परियोजना २०१६ बाट सुरु भई २०२० सम्म ५ बर्षका लागि बालबालिका तथा युवाहरुको आर्थिक सुधार गर्ने उद्देश्यका साथ लागु गरिएको हो । त्यस कारण यो परियोजनाले सन २०२०मा पनि करिब २९ लाख ७२ हजार १ सय ३६ रुपियाको लगानी गर्ने गरि विभिन्न कार्यक्रम तथा योजनाहरु तयार पारि आज एक औपचारीक परिचकार्यक्रमका विच जानकारकी गराएको कार्यक्रम अधिकृत धर्म बहादुर रोकायाले जानकारी दिनु भएको छ । प्रत्येक बर्ष झै यस बर्ष पनि कुल लगानीमा बालबालिका ,युवा तथा मावि स्तरको शिक्षा विकासका लागि युवा उद्यमी तथा महिलाका जिविको पार्जन लागि लगानी गर्ने किसिमले परियोजना लागु गरिएको हो । जिल्लाका ३ स्थानिय तहमा लागु भएको यस बुलगारी परियोजनाले बालबालिका तथा युवाहरुको विषयमा काम गर्दै आई रहेको छ । विशेष गरी यो परियोजना इटालीको बुलगारी संस्थाले आफ्नो कमाएको १० प्रतिशत रकम सहयोग गरि युवा सशक्तिरण बुलगारी परियोजनाको नाममा लागु गरिएको परियोजना अधिकृत रोकायाले बताउनु भएको छ ।

बडीमालिका नगरपालिकाको समन्वयमा पीसविन द्धारा आयोजित र सेभ द चिल्डेनको आर्थिक सहयोगमा बडिमालिका नगर प्रमुख पदम बडुवालको अध्यक्षतामा संचालन भएको कार्यक्रममा उप प्रमुख कविता विष्ट लगायत जनप्रतिनिधी , विद्यालयका प्रधानाध्यापक युवा तथा यस परिजनामा सम्बन्धित व्यक्तिहरुको सहभागी रहेको कार्यक्रमको सहजीकरण पीसविन फिल्ड सुपर भाइजर हिरा सार्कीले गर्नु भएको थियो । भने साथै आज नै पीसविन बाजुरा र आई पास नेपालको साझेदारीमा संचालित सुरक्षित गर्भपतन सम्बन्धि अघिल्लो बर्षको समिक्षा र आगामी बर्षको परिचयात्मक कार्यक्रम समेत सम्पन्न भएको छ । विभिन्न परियोजन आफुले विदेशबाट माग गरि आफ्नै गाउँघर आई परियोजना चलाएकोमा अत्यन्तै खुसी भएको कार्यक्रमका अध्यक्ष एब्म नगर प्रमुख पदम बडुवाले बताउनु भएको थियो । विभिन्न परियोजनाका साथ चलिरहेको पीसविन बाजुराले यसरी आर्थिक अवसरहरु जुटाउदै बालबालिका , युवा तथा महिलाहरुमा विशेष जोड दिदै आएको युवा प्रतिनिधी जय बहादुर रावतले जानकारी दिनु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार