शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • मेयर नै अध्यक्ष रहेको सहकारी ५ बर्ष देखी साधारण सभा छैन

मेयर नै अध्यक्ष रहेको सहकारी ५ बर्ष देखी साधारण सभा छैन

उपमेयरका श्रीमानले एक लौटी चलाएको सेयर सदस्यको आरोप

  • शनिबार, फाल्गुन १०, २०७६
मेयर नै अध्यक्ष रहेको सहकारी ५ बर्ष देखी साधारण सभा छैन

पदमबहादुर सि‌ह / बाजुरा १० फागुन – सदरमुकाम मार्तडीमा रहेको सुन्दर बडिमालिका उपभोक्ता सहकारी सस्थाको ५ बर्ष देखी साधारण सभा भएको छैन । बडिमालिका नगरपालिका ७, ८ र ९ लाई लक्षित गरेर सदरमुकाम मार्तडीमा संचालित सहकारीको अध्यक्ष नगर प्रमुख पदम बडुवाल रहेका छन् । तर सहकारी अहिले सम्म अस्तब्यस्त तरिकाले चलेको सेर सदस्य वडा अध्यक्ष तथा सेर सदस्य प्रकाश रावलले बडिमालिका खबरलाइ बताएका छन् ।
२०७२ सालमा दर्ता भए देखी हालसम्म एउटा पनि साधारण सभा भएको छैन । सस्था दर्ता गर्दा प्रारम्भिक रुपमा छलफल गरेर अध्यक्ष पदमबहादुर बडुवाल, सचिब विपिन बिष्ट, कोषअध्यक्ष अमृता सिंह लगाए समिति बनाएको थियो । त्यस पश्चात पाच बर्षसम्म साधारण सभा नगरी विना हिसाब किताव एकलौटी तरिकाले संचालन गर्दै आएको सस्थाका सेर सदस्य बीरबहादुर थापाले बताए ।  करिब डेढ करोड आयब्यय छ र २ सय ६० भन्दा बढी सेयर सदस्यहरुका चार लाख पचास हजारको सेयर कित्ता रहेको छ । सचिब बिपिन बिष्टले एकलौटि गैर कानुनी रुपमा सहकारी चलाएको थापाले वताए । बिपिन बिष्टले भष्ट्रचार गरेको छ, तब हिसाब देखाउन नसकेको उनले वताए ।
ऋण लगानी गर्नु पर्दा ऋण समितिलाई जानकारी नदिएर मनोमानी तरिकाले आफु खुशी लगानी गर्ने गरेको बताए । कर्मचारी राख्दा संचालक समितिको निर्णय बेगर राख्ने, नियूक्ती पत्र समेत नदिने बचत कर्ताले वताएका छन् । सेर सदस्यले आफ्नो सेर बचत रकम माग्दा पैशा छैन भन्दै भोली आउनु पर्शी आउनु भन्दै नदिने गरेको वडा ८ का अध्यक्ष तथा सेयर सदस्य प्रकाश रावलले वताएका छन् ।
यता सस्थाका सचिब बिपिन बिष्टले लामो समय सम्म साधारण सभा नभएको स्वीकार गरेका छन् । सहकारी दर्ता गर्दा तत्काल पदमबहादुर बडुवाललाई अध्यक्षको रुपमा प्रारम्भिक भेलाले निर्णय गरेर बनाए । पछि पदमबहादुर बडुवाल बडिमालिका नगरपालिकाको मेयरमा निर्बाचित भए  । बिभिन्न पटक साधारण सभाको लागी छलफल गर्दा कुनै समय मेयरको समय नहुने कुनै बेला आफु र अन्य सन्चालक समितिका पदाधिकारीको समय नमिल्दा साधारण सभा हुन नसकेको बिष्टले बताए ।
बडिमालिका नगरपालिकाले नगरपालिका भरिका सहकारीहरुलाई पत्राचार गरेर तत्काल साधारण सभा गरि प्रक्रियामा आउनु पर्ने पत्र पठाएको छ ।  फागुन महिना भित्रै साधार सभा गरिसक्ने उनले बताए । सहकारीको हिसाब कुनै फाईलमा हस्तलिखित भन्दा पनि सप्टोवयरले हुने गरेको बताए । आफू एक्लैले हिसाब कितास सर्बजनिक गर्न जति खेर पनि तयार रहेको बताए । पदमबहादुर बडुवाल हाल मेयर भए पनि सस्थापक अध्यक्ष हुन । काम अरुले गरेपनि छलफल गर्नु पर्ने हुन्छ ।  समय मिलाएर साधारण सभा हुने बताए । अन्य आरोप प्रत्यारोप कसैका ब्यक्तिगत ईच्छा पुरा  नहुदा लगाउने गरेको बिष्टले बताए । पैशा कसैको निजी नभएर सबै सेयर सदस्यको हो, सप्टोयरमा ईन्ट्रि हुन्छ । सस्थाको नियम हुन्छ सकैले ऋण मागेमा नियम अनुसार लगानी र ऋण असुली गर्नु पर्ने हुन्छ । त्यसै अनुरुप काम गरेको र त्यो चित्त नबुझेपछि नानाथरी आरोप लगाउने गरेको उनले बताए ।
नगर प्रमुख पदम बहादुर बडुवालले भने आफे मेयरमा निर्वाचित भइसकेपछि आफ्नो सबै जिम्मा कोषाअध्यक्ष अमृता सिंहलाई दिइसकेको वताए । आफुले जिम्मा दिइसकेको हो, आफु संलग्न नगरेको वताउछन् । उता अमृता सिंह भने मेयरले नै अध्यक्ष रहेको सबै बताउँछन् ।

चर्चामा

सम्बन्धित समाचार