बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रवास
  • नेपालीलाई बाहिर घुम्न प्रतिबन्ध

नेपालीलाई बाहिर घुम्न प्रतिबन्ध

  • शनिबार, फाल्गुन १०, २०७६
नेपालीलाई बाहिर घुम्न प्रतिबन्ध

दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण बढेपछि त्यहाँ रहेका नेपाली लगायत कोरियनहरु त्रसित छन् । श्रम सम्झौता (ईपिएस)अनुसार कोरिया पुगेका नेपालीहरुलाई कतिपय कम्पनीले बाहिर घुम्न जान रोक लगाएको छ ।

उनीहरुलाई कार्यस्थल या घर कुनै पनि बेला मास्क लगाएर बस्न निर्देशन दिएको छ भने बारम्बार साबुन पानीले हात धुनका लागि सुझाइएको ईपिएस मार्फत कोरिया पुगेकी देवकी पुडासैनीले जानकारी दिनुभयो ।

हाल ईपिएस मार्फत कोरिया पुगेका नेपालीको संख्या करिव ७० हजार रहेको छ । कोरियामा रहेका नेपाली विद्यार्थीहरु सम्मिलित संस्था(सोन्सिक)का अनुसार विभिन्न विश्वविद्यालयमा अध्ययरत नेपालीको संख्या १३ हजारको हाराहारीमा छ ।

देगु र चङ्डुमा ह्वात्तै संक्रमण बढेपछि त्यस वरपरका शहरमा पनि उच्च सतर्कता अपनाउन अपिल गरिएको छ । देगु र चङ्डु नजिकै रहेको शहर मोक्पोको विश्वविद्यालयले नियमित दिक्षान्त कार्यक्रम स्थगित गरेको छ भने सेमेस्टर २ हप्ता पछाडि सारेको छ ।

कोरियामा शुक्रबारसम्म २ जनाको मृत्यु कोरोना भाइरस संक्रमणका कारण भएको पुष्टि भइसकेको छ । ह्वात्तै संक्रमण बढेपछि देगु र चङ्डु शहरमा आपतकालको घोषणा गरिएको छ भने शियोलवासीलाई आवतजावतमा रोक लगाइएको छ । शुक्रबार ५२ जना मध्ये देगुमा मात्रै ४२ जनामा संक्रमण भेटिएपछि आपतकालको घोषणा गरिएको हो ।

शिन्चेन्जु चर्चमा प्रार्थना गरि फर्किएका ३९ जना बिरामी भएका छन् । चर्चमा सहभागी हुने करिव ९ हजार मानिसलाई क्वारेन्टाइनमा बस्न भनिएको छ । यसै हप्ता चर्चमा पुगेकी ६१ वर्षकी महिलामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो । त्यसैले चर्चलाई उच्च निगरानीमा राखिएको छ ।

जाडो बिदामा घर गएका चिनियाँ विद्यार्थीहरु बिदा सकाएर धमाधम कोरिया फर्किरहेका छन् । उनीहरू मार्च पहिलो सातादेखि सुरु हुने सेमेस्टरका लागि घर फर्किरहेका छन् । उनीहरुलाई २ हप्ता कोठामा नै क्वारेन्टाइनको व्यवस्था गरिएको छ । हेल्थपाटी डटकमबाट

चर्चामा

सम्बन्धित समाचार