• होमपेज
  • समाज
  • छाउकुप्रथा बारे चेतना फैलाउदै उपप्रमुख सृष्टि रेग्मि

छाउकुप्रथा बारे चेतना फैलाउदै उपप्रमुख सृष्टि रेग्मि

  • बिहिबार, फाल्गुन ८, २०७६
छाउकुप्रथा बारे चेतना फैलाउदै उपप्रमुख सृष्टि रेग्मि

बुढिन्नदा नगरपालिका २०७५ साल ९ पाण्डुसेनमा पौाष २४ गते छाउगोठमा अम्मा बोहारा सहित उनका दुई छोराको मृत्यु भयो । उनको मृत्यु भएपछि बुढिनन्दा नगरपालिका उपप्रमुख सृष्टि रेग्मिको नेतृत्वमा गाँउका महिलाहरुले ज्यानमारा छाउगोठ भन्दै भत्काउन थाले । पहिला धेरै प्रयास गरयौ, गोठ भत्काउनका लागि तर देउता रिसाउछन्, भनेर घरमै देउतकाको धामि भनेर टारदै आएका थिए । अहिले भने गोठ भत्काउनु सँगै छाउकुप्रथाका बारेमा चेतना फैलाउने गरेका छन् ।
बुढिनन्दा नगरपालिकाले छाँउ गोठमा बस्ने र बस्न बाध्य पार्नेलाई सरकारी सेवा सुबिधा बाट बञ्चित गर्ने निर्णय गरेपछि पनि आफुहरुलाई गोठ भत्काएको गंगा रोकाया बताँउछन् । उपप्रमुख सृष्टि रेग्मि घरमै पुगेर कुप्रथाका बारेमा चेतना सँगै कानुनका बारेमा जानकारी गराइरहेकी छन् ।
बुढिन्नदा नगरपालिकामा छाँउगोठमा तिन जनाको ज्यान गइसकेपछि नगरपालिकाले १ बर्ष देखी थप शसक्क्त ढङगले छाँउगोठ मुक्त बनाउने अभियान चालेको थियो । बिगतका जनचेतना मुलक कार्यक्रमलाई निरन्तरता दिदै बाध्यात्मक निति निर्माण गरिएको थियो । नगरपालिकाले निर्णय गरे पश्चाप स्थानिय महिलाहरुले आफै गोठ भत्काउने अभियान सञ्चालन गरेका छन् ।
बुढिन्नदा नगरपालिका ९ पाण्डुसेन कि धौली धामिले आफ्नै छाउगोठ भत्काईन् । उनका श्रीमान गोपि धामि देउताका धामि हुन् । पटक पटक धौलीले छाउगोठ भत्काउन प्रयास गरदै आईनन्, अन्तमा आएर उनि सफल भएको बताँउछन् । श्रीमानको सहयोगमा आफुले छाउगोठ भत्काएको बताईन् ।
धामिझाक्री, पुरोहितहरु बढि छाउप्रथा मान्न भएकाले उहाँहरुलाई नगरपालिमा नगरस्तरीय अन्तक्र्रिया कार्यक्रम र प्रथा उन्मुलन गर्ने धामि झाक्री सम्मान कार्यक्रम भइरहेका छन् । किशोरीहरुलाई जनचेतना मुलक तथा सेनेटरी प्याड बनाउने तालिम गरीरहेका छौ । नगरपालिकामा रहेका अगुवा ब्यक्तिहरु सँग प्रतिबद्धता तथा अन्तक्र्रिया कार्यक्रम सञ्चालन भइरहेका उपप्रमुख रेग्मिले वताएकि छन् ।
बुढिन्नदा नगरपालिका ४ बस्ने धनकला रोकायाले भनिन्, पटक पटक छाँउगोठ भत्काउने अभियान चलाउन खोजेका थियौ, तर सफल हुन सकेनौ । गोठमा बस्नु हुदैन भन्ने चेतना थियो, पटक पटक बिभिन्न कार्यक्रममा सहभागिता हुदै आएका थियौ गोठ भत्काउन सकेका थिएनौ । जब नगरपालिकाले बाध्यात्मक निर्णय र उपमेयर आफै गाँउमा आएपछि आफै गोठ भत्काएको धनकलाले वताईन् । आफ्ना ससुरा देउताका धामि हुन्, जब नगरपालिकाले नै यस्ते निर्णय गरेपछि ससुरा स्वर्ण रोकाया र श्रीमान कृष्ण रोकायाले सहयोग गरको धनकला बताउछिन् ।
महिनावारी भएको समयमा अबिवाहित महिलाले ७ दिन सम्म र बिवाहित महिलाले ५ दिन सम्म छाउपडि गोठमा बस्नु पर्ने बाध्यता रहेको छ । महिनावारीको समयमा निकै सास्ती व्यहोर्नु पर्छ । महिलाहरुले महिनावारी भएको ५ देखी ७ दिन समय सम्म घर बाहिर अलग्गै बस्नु, सार्वजनिक पानी पधेरा प्रयोग गर्न नपाउनु, गोरसपात खान नपाउनु, फलफुल जन्य वनस्पति छोएमा कडा हप्की सहनु पर्ने, अनि संयोगले कसैको शरिरमा छोइएपनि दुर्वाच्य सुन्नु पर्ने लगाएत महिनावारी हुदाको समयका पीडा हुन् ! त्यो सँग सँगै देबि देबता रिसाउने भन्ने कुप्रथा मान्यताले पनि घरमा बस्न सक्दैनन् । महिलाहरुले जिवनभर छाउप्रथा मान्य हो भने करिब ५ बर्ष सम्म छाउगोठमा बस्नु पर्ने तथ्याङ्क आउछ ।
सर्वोच्च अदालतले २०६२ सालमा बैशाख १९ गते छाउपडि प्रथालाई कुरीति घोषणा समेत गरेको थियो । सरकारको निर्देशन पछि २०६४ सालमा कुरिति घोषणा गरेर छाउपडि प्रथा उन्मुलन सम्बन्धि निर्देशिका २०६४ समेत जारी गरेको थियो । छाउपडी प्रथालाई पहिलो पटक फौजदारी अपराधको संज्ञासहित ‘मुलुकी अपराध संहिता विधेयक, २०७४’ पारित भएको छ । विशेषगरी नेपालको सुदूरपश्चिमका केही जिल्लामा महिनावारी भएका बखत् महिलाले घरभित्र बस्न नपाउने र गाई, भैँसीको गोठ वा छाउगोठमा अलग्गै बस्नुपर्ने कुसंस्कारलाई विधेयकले दण्डनीय मानेको छ । त्यस्तो कार्यमा बाध्य गराउनेलाई तीन महिनाको कैद र जरिवानाको व्यवस्था विधेयकमा गरिएको छ । तर अहिले सम्म कसैलाई पनि छाउगोठमा राखेको भन्दै कार्यवाहि गरिएको छैन् अर्को उजुरी सम्म परेको सुनिन आएको छैन् ।

चर्चामा

सम्बन्धित समाचार