बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • मार्तडीको बिजुलीका बारेमा छलफल गरे सांसद थापाले

मार्तडीको बिजुलीका बारेमा छलफल गरे सांसद थापाले

  • बुधबार, फाल्गुन ७, २०७६
मार्तडीको बिजुलीका बारेमा छलफल गरे सांसद थापाले

मार्तडीमा बिजुली अनियमितको बारेमा जनगुनासो बढ्दै गएपछि सांसद लाल बहादुर थापाले सरोकारवाला सँग छलफल गरेका छन् । साहयक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीको अध्यक्षतामा जिल्ला स्थित सरोकारवाला सँग छलफल गरेको नेकपाका नेता काशि बिकले वताएका छन् । सासंद थापा जिल्लामा आइसकेपछि उनले यो छलफल चलाएका हुन् ।
त्रिवेणी बुहउद्देश्यी सहकारी संस्था द्धारा सञ्चालित त्रिबेणी साना लघुजलबिधुक्तले उपभोक्तालाई नियमित बिजुली दिन नसक्दा उपभोक्ता मारमा परेका छन् । सांसद थापाको पहलमा गरेको छलफलमा बिजुली ब्यबस्थापन गर्नका लागि निर्णय गरेको साहयक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले वताएका छन् ।
मार्तडीको बिजुली ब्यबस्थापनका लागि त्रिवेणी बुहउद्देश्यी सहकारी संस्था र नेपाल बिधुक्त प्राधिकरण मार्तडी बितरण केन्द्रले सहकार्य गरेर ब्यबस्थित गर्ने निर्णय भएको छ । अस्पताल बाजुरा नजिकै रहेको ट्रान्समीटर बाट करेन्ट चुहिएर पोलमा करेन्ट लाग्ने भएकाले यसलाई चाडै ब्यबस्थापन गर्न र नहरको जग्गा अतिक्रमण भएको ठाँउको ब्यबस्थापन गर्न निर्णय भएको छ ।
सासंद थापाले बिजुली ब्यबस्थापनको लागि आफु पहल गर्ने बताएका छन् । बिद्युक्त प्राधिकरण सँग पटक पटक छलफल गरेको अझ थप छलफल गरेर ब्यबस्थापन गर्न तर्फ पहल गर्ने वताए । साथै छलफलमा निर्णय कार्यन्वयन भए नभएको बारे अनुगमन गर्ने गरि साहयक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीको संयोजकमा समिति गठन भएको छ ।

चर्चामा

सम्बन्धित समाचार