बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • त्रिबेणी नगरपालिकामा काँग्रेस र नेकपा सडक

त्रिबेणी नगरपालिकामा काँग्रेस र नेकपा सडक

  • मङ्लबार, फाल्गुन ६, २०७६
त्रिबेणी नगरपालिकामा काँग्रेस र नेकपा सडक

प्रकाश सिंह
त्रिबेणी नगरपालिकामा एउटै गाँउमा जाने सडक पाटि अनुसार फरक फरक निर्माण भइरहेका छन् । त्रिबेणी नगरपालिका ५ किम्नी जाने र वडा नम्बर ६ पन्धारा गाँउमा जाने सडक नेकपा सम्बद्ध एउटा र नेपाली काँग्रेस सम्बद्धले गाँउ जाने सडक फरक फरक निर्माण भइरहेका छन् । यी सडकलाई स्थानिय काँग्रेस र नेकपा सडक भन्ने गरेका छन् ।
दुबै सडकमा स्थानिय तह बाट लगानिमा काँग्रेस सम्बद्ध निर्माण गरिरहेका छन्, भने प्रदेश सरकार बाट आएको योजनामा नेकपा सम्बद्धले निर्माण गरिरहेका छन् । किम्नी गाँउ जाने त्रिबेणी ४ ढोगदिने बाट नेकपा सर्मथकले सडक निर्माण गरिरहेका छन् । अध्यक्ष जंग बहादुर बुढा नेकपा आबद्ध हुन यसमा नगरपालिकाको लगानि नभई प्रदेश सरकारको रहेको नेकपा बाजुरा पाटि सचिब भरत बुढाले वताएका छन् । त्यस्तै त्रिबेणी ४ तोली देबलडाँडा बाट काँग्रेस सर्मथकले सडक खनिरहेका छन् । उपभोक्ता समितिका अध्यक्ष दान बहादुर साउद काँग्रेस सर्मथक रहेको वडा अध्यक्ष तथा नेपाली काँग्रेसका नेता मिन भण्डारीले वताएका छन् ।
फरक फरक ठाँउ बाट सडक निर्माण भइरहेको भएपनि दुबै सडक भने किम्नी गाँउ जाने गरेको स्थानिय गणेश साउदले वताएका छन् । ढोगदिने बाट जाने सडकमा आर्थिक बर्ष ०७५।०७६ मा ५५ लाख रकम बिनियोजन भएको थियो । प्रदेश बाट नेकपाको पहलमा भएको भन्दै नेकपा सर्मथकले सडक खन्न शुरु गरेका हुन् । त्रिबेणी नगरपालिका काँग्रेसले जितेको छ, नगरपालिकाले पनि आर्थिक बर्ष ०७५।०७६ मा २० लाख रकम छुट्याएर तोली देबलडाँडा शुरु गरेको छ, यो आर्थिक बर्षमा ४० लाख बिनियोजन गरेको नगरपालिकाले वताएको छ । काँग्रेस सर्मथक भन्छन्, नेकपा कारणले यस्तो भएको भन्छन्, भने नेकपा काँग्रेसको कारणले भएको वताउछन् ।
त्यस्तै नगरपालिका ६ पन्धारामा जाने सडक पनि नेकपाको फरक र काँग्रेसको फरक निर्माण भइरहेका छन् । दुबैले मेलचौडा बाट शुरु गरेका छन् । दुबै सडकको तल माथिको दुरी २ सय मिटरको फरकमा छैन् । यहाँ पनि नेकपा सर्मथक बाट शुरु भएको सडक शुदुरपश्चिम प्रदेश सरकार बाट बजेट बिनियोजन भएको हो, भने काँग्रेस मर्मथक बाट शुरु भएको सडक नगरपालिका बाट बिनियोजन भएको स्थानियले वताएका छन् । काँग्रेस सर्मथकले शुरु गरेको सडकको अध्यक्ष बाले बुढा हुन भने नेकपा सर्मथक बाट शुरु भएको सडकक अध्यक्ष नरेन्द्र बुढा रहेका छन् ।
जाने गाँउ एउटै छ, फरक फरक सडक निर्माणले पनि गाँउमा पाटिको द्धन्द्ध निकै रहेको छ । सडक निर्माणको काममा पनि आस्ता अनुसार जाने गरेको स्थानिय शेर बहादुर शाहिले वताएका छन् । यसले गाँउमा पनि द्धन्द्ध ल्याएको वताएका छन् । नेकपा बाजुराका पाटि सचिब भरत बुढा र नेपालि काँग्रेस जिल्ला कार्यसमिति बाजुराका सचिब रनसिङ्ग अयडी दुबै जना त्रिबेणी नगरपालिका हुन् । नेकपा बाजुराका पाटि सचिब भरत बुढा भन्छन्, सबै द्धन्द्ध त्रिबेणी नगरपालिका र काँग्रेस सर्मथकले ल्याएको बताउछन् । प्रदेश सरकार नेकपाको छ, प्रदेशका योजनामा नगरपालिकाले शिफारीस नदिएर बिभेद गरिरहेको उनको आरोप रहेको छ । त्यस्तै नेपालि काँग्रेस जिल्ला कार्यसमिति बाजुराका सचिब रनसिङ्ग अयडी भन्छन्, नेकपाको कारणले यस्तो भएको बताँउछन् । प्रदेश बाट आउने योजनामा कमिशनको खेल भइरहेको यसमा नेकपाका साथिहरुको संलग्नता रहेको अयडी बताँउछन् ।

चर्चामा

सम्बन्धित समाचार