मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • पत्रकारद्वय प्रेम बिक र प्रेम रौलेको घटना प्रति महासंघको ध्यानाकर्षण

पत्रकारद्वय प्रेम बिक र प्रेम रौलेको घटना प्रति महासंघको ध्यानाकर्षण

  • सोमवार, फाल्गुन ५, २०७६
पत्रकारद्वय प्रेम बिक र  प्रेम रौलेको घटना प्रति महासंघको ध्यानाकर्षण

बाजुरा ५ फागुन– पत्रकार प्रेम बिक र पत्रकार प्रेम रौलेको घटना प्रति महासंघको ध्यानाकर्षण भएको छ । नेपाल पत्रकार महासघं बाजुराका सचिव प्रेम बिकलाई बिना जानकारी प्रहरीले गिरप्तार गरेको र प्रेस युनियन जिल्ला शाखा बाजुराका अध्यक्ष प्रेम रौले माथी नेपाली काग्रेसका कार्यक्रताद्धारा कुटपिट गरेको भन्दै नेपाल पत्रकार महासघं बाजुराले प्रेस बिज्ञप्ती मार्फत ध्यानाकर्षण जनाएको छ ।

Image may contain: text
मिति २०७६ साल फागुन ४ गतेका दिन नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराका सचिव, नागरिक रैवार डटकम र रासस बाजुरा प्रतिनिधि प्रेम वहादुर वि.क.ले माननीय लाल बहादुर थापाको नाम किटान गरी सामाजिक संजालमा स्वतन्त्र अभिब्यक्ति दिएको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय बाजुराले विना कुनै जानकारी मिडिया हाउसको कार्यालयबाट गीरफ्तार गरि लिएको विषय प्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको नेपाल पत्रकार महासघं बाजुराको बिज्ञप्ती मार्फत जनाएको छ ।
त्यसै गरी मिति २०७६ साल फागुन ५ गतेका दिन नेपाल प्रेस यूनियन जिल्ला शाखा बाजुराका अध्यक्ष तथा रासस बाजुरा प्रतिनिधि प्रेम रौले माथि रेडियो पौरखीको विषयमा छलफल गर्नका लागि नेपाली काँग्रेस जिल्ला कार्यसमिति बाजुराको कार्यालयमा बोलाई छलफल गर्ने क्रममा नेपाल तरुण दलका सचिव तथा रेडियो पौरखी समेतका सचिव रहेका हिरेन्द्र वहादुर रोकायाले सांघातिक आक्रमण गरेकाले सो घटनाले सिंगो प्रेसमा माथिको आक्रमण भएको महसुस भएको छ । यस घटना प्रति पनी नेपाल पत्रकार महासंघ घोर भर्तसना गर्दछ प्रेस बिज्ञप्तीमा भनिएको छ ।
यसरी सिंगो प्रेसमाथि दिनप्रति दिन विभिन्न व्यक्तिहरुबाट यस्ता अमानवीय घटना तथा व्यवहार गर्नुले प्रेस स्वतन्त्रतालाई निमुठ्याउने कार्यप्रति महासंघ घोर आपती प्रकट गर्दछ । समग्र विकास निर्माणमा साझेदार भएको प्रेस जगतलाई प्रहरी प्रशासन, राजनैतिकदलबाट यसरी नै दुव्र्यवहार हुने हो भने नेपाल पत्रकार चुप लागेर नवस्ने पनी यसै प्रेस विज्ञप्ती मार्फत जानकारी गराईन्छ र यसको चाडै दोसी माथी कार्बाहीको माग गर्दछौ नेपाल पत्रकार महासघ बाजुरा शाखाका अध्यक्ष प्रकाश सिहंको हस्ताक्षेरीत बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

चर्चामा

सम्बन्धित समाचार