बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • पत्रकार राैले माथि भएको घटनाको छानबिन गर्न नेकाले ५ सदस्यीय छानबिन समिति गठन (बिज्ञप्ती सहित)

पत्रकार राैले माथि भएको घटनाको छानबिन गर्न नेकाले ५ सदस्यीय छानबिन समिति गठन (बिज्ञप्ती सहित)

  • सोमवार, फाल्गुन ५, २०७६
पत्रकार राैले माथि भएको घटनाको छानबिन गर्न नेकाले ५ सदस्यीय छानबिन समिति गठन (बिज्ञप्ती सहित)

बाजुरा ५ फागुन — पत्रकार प्रेम रौलेमाथी भएको आकर्मणको बिषयलाइृ लिएर नेपाली काग्रेसले ५ सदस्यीय समिति गठन गरिएको छ । पार्टीसभापति कविराज पण्डित ,पुर्व मन्त्री एबं कांगग्रेस महासमिति सदस्य जनकराज गिरी , महासमिति सदस्य जुना दानी लगायत पाटिले निर्णय गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ । नेपाल प्रेस युनियुन बाजुरा शाखाका अध्यक्ष प्रेम रौलेलाई पार्टी कार्यालयमा बोलाएर कुटीयो भन्ने समाचार भ्रमात्मक भएकाे बिज्ञप्तीमा उल्लेख गरिएको छ । साे बिषयमा यथार्थ बुझ्न नेपाली कांग्रेस बाजुराले पांच सदस्यीय छानमिन समिती गठन गरिसकेको छ ।
यता नेपाली काग्रेस बाजुराका सभापती कबीराज पण्डितले दबै पक्षबिच हानाहान हुनुका साथै हात हालाहाल भएको स्वीकार गरेका छन् । पहिला पत्रकार राैलेले अपच शब्द बाेलेपछि दुबै जना बिच हाना हान भएकाे वताए । दुबैले एक एक चाेट हानेका हुन्, यसमा एकाेहाेर हैन सभापतिले वताएका छन् । पत्रकार राैलेले भने आफुमाथी एकतर्फि अाक्रमण भएकाे बताउदै अाएका छन् । काँग्रेसका हिरेन्द्र राेकायाले भने प्रेम राैलेले गालि गलाैज गरेर पहिला अाक्रमण गरेकाे त्यसकाे प्रतिकार मात्र गरेकाे वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार