शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • कुसंस्कारका बिरुद्ध संसदमा बलियो उपस्थिति रहेको छ : सांसद थापा

कुसंस्कारका बिरुद्ध संसदमा बलियो उपस्थिति रहेको छ : सांसद थापा

  • आइतवार, फाल्गुन ४, २०७६
कुसंस्कारका बिरुद्ध संसदमा बलियो उपस्थिति रहेको छ : सांसद थापा

पदमबहादुर सिंह/बाजुरा ४ फागुन — सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा जस्ता कुसस्कारको अत्यको लागी अभियानका साथ लागी परेको प्रतिनिधि सभाका सांसद लालबहादुर थापाले बताएका छन् । बाजुरा जिल्लाको बडिमालिका नगरपालिका ९ लाई छाउपडी गोठ मुक्त वडा घोषणा कार्यक्रमा उक्त कुरा बताएका हुन ।


बडिमालिका नगरपालिका वडा न ९ को छाउपडी गोठमुक्त घोषणा कार्यक्रममा बोल्दै बडिमालिका नगरपालिकाका बासिन्दाहरूमा समाजिक हिंसा तथा विभेदको अन्त्यका लागि सकारात्मक परिवर्तन आएको बताउँदै छाउगोठ अन्त्यसँगै समाजमा रहेका अन्य कुरीति र विभेदलाई अन्त्य गर्न सक्रियताका साथ अगाडी बढन अनुरोध गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका थापाले नेपाल सरकारले छाउपडी प्रथा कुसंस्कार र रुढीबादी परम्परा रहेकोले त्यसको प्रत्यक्ष असर किसोरी, महिला र बालबालिका परेकोले अन्यायको अत्यको लागी गृह मन्त्रालय मार्फत प्रदेश जिल्ला हुदै स्थानिय तहलाई पत्राचार रहेको र जनचेतना जगाउदै यसको अन्त्यको लागीको सबैले एक जुट भएर लाग्नु पर्ने थापाले बताए । ससामाजिक कुरीति र कुसस्कार अत्यका बिरुद्धको कानुनमा आफुले जोडदार माग गरेको र त्यस अुनरुप संसदबाट परित भएको उनले बताए । छाउपडी लगाएत अन्य कुसस्कारका बिरुद्ध अत्यको लागी दुई पटक संसदीय टोली सहित बाजुरा जिल्ला लगाएत सुदुरपश्चिम तथा मध्यपश्चिमका जिल्लाहरुमा पुगेर गहन अध्यान पछि त्यसै प्रतिबेदनलाई टेकेर कानुन बनेको र त्यसै कानुन सांसद थापाले बताए ।


बडिमालिका नगरपालिका वडा नम्बर ९ लाई एक कार्यक्रमका बिच छाउपडी गोठमुक्त वडा भोषण गरेको छ । घोषणा कार्यक्रमा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य सांसद लालबहादुर थापा लगाएत अन्य पार्टी प्रतिनिधि जनप्रतिनिधि नागरिक समाज लगाएतले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेर घोषणा गरेका हुन् ।


घोषण कार्यक्रममा बिभिन्न झाँक्री, देउडा, सडक नाटक लगाएकका बिबिध कार्यक्रम देखाएर अब छाउपडी कुप्रथा मान्दैनौ घरमै बस्छौ पोषिला खानेकुरा दही दुध जस्ता खाने कुरा खान्छु भन्ने जनचेतना मुलक झांकी तथा नाटक र देउडाहरु प्रस्तुतीहरु देखाउदै प्रतिबद्धता जनाएका थिए ।
बडा भित्र रहेका महिला समुह, किसोरी समुह, वाल समुह प्रहरी धामी झाँक्री जनप्रतिधिनिहरुको सहभागितामा सबै छाउपडी गोठहरुलाई भत्तकाईएको वडा अध्यक्ष बिनोद कुमार विकले बताए । सबैलाई नेपाल सरकार कुरीति र कुसस्कार बिरुद्धमा बनेको कानुनको बारेमा बुझाएको विकले बताए ।


बडिमालिका नगरपाकिला ९ का वडा अध्यक्ष बिनोद कुमार बिकको अध्यक्षतामा संचालन भएको घोषण कार्यक्रको प्रतिनिधि सभाका सदस्य सांसद लालबहादुर थापा प्रमुख अतिथि रहेका थिए । त्यस्तै बिशिष्ट अतिथि जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्र कुमार रोकाया, बडिमालिका नगरपालिका उपप्रमुख कविता बिष्ट,लगाएत अन्य बिभिन्न पार्टीका नेता गैरसरकारी सस्थाका प्रमुख प्रतिनिधि नागरिक समाजका अगुवा, पत्रकार लगाएत वडा बासीहरुको भब्यरुपमा उपस्थिति रहेको थियो कार्यक्रमको संचालन पत्रकार बसन्त बिश्वकर्माले संचालन गरेका थिए । पछिल्लो समय बाजुरा जिल्ला नौ वटा स्थानिय तहमा छाउपडी प्रथा बिरुद्धको अभियान तिब्र गतिमा चलीरहेको छ । यो अभियानले देशभर नै तिब्रता पाएको देखीन्छ ।

चर्चामा

सम्बन्धित समाचार