शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • बाजुरामा १ सय ८५ परिवारले काँग्रेस छोडे

बाजुरामा १ सय ८५ परिवारले काँग्रेस छोडे

  • शनिबार, फाल्गुन ३, २०७६
बाजुरामा १ सय ८५ परिवारले काँग्रेस छोडे

बाजुरा —  बाजुरा जिल्लाको प्रदेश निर्वाचन क्षेत्र क मा नेपाली काँग्रेस छोड्नेको लहर चलेको छ । माघ २१ गते बुढीनन्दा नगरपालिका ७ कालेगाडमा १९ परिवारले काँग्रेस भ्रष्टाचारमा डुबेको र जनताको पक्षमा काम गर्न नसकेको आरोप सहीत नेकपा प्रवेश गरेको हप्तादिन नबित्दै १ सय ८५ परिवारले पुन: नेकपा प्रवेश परेका छन् ।

बुढीनन्दा नगरपालिका ७ का निर्वाचित वडा सदस्य सहीत ४५ परिवार र जगन्नाथ गाउँपालिकाका पूर्व काँग्रेस जिल्ला कार्यसमिति सदस्य र संस्थापक शिक्षक संघका नेता सहीत १४० परिवारले काँग्रेस छोडेका हुन् । काँग्रेसबाट जनताले आश गर्ने दिन सकिएको निष्कर्ष सहित उनीहरु एकसाथ नेकपा प्रवेश गरेका हुन् ।

लामो समयदेखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रहेका निर्वाचित वडा सदस्य सुनकली कडारा, तरुण दलका शसक्त नेता निर्मल सिंह सहीत समाल गाउँ र पाण्डुसैन नौलाकोटमा ४५ परिवारले नेकपा प्रवेश गरेका हुन् । बुढीनन्दा नगर कमिटीले कोल्टीमा आयोजना गरेको आम सभामा उनीहरु एक साथ काँग्रेस छोडेर नेकपा प्रवेश गरेको अनेरास्ववियुका नेता इन्द्र बोहराले जानकारी दिएका छन् ।

यस्तै फागुन २ गते जगन्नाथ गाउँपालिका १ मा आयोजित सथप ग्रहण तथा पार्टी प्रवेश कार्यक्रममा १ सय ४० परिवारले नेकपा प्रवेश गरेका छन् । नेपाली काँग्रेस बाजुराको संस्थापक देखि जिल्ला कार्य समिति सदस्य समेतले पार्टी प्रवेश गरेको नेकपा जगन्नाथ गाउँ कमिटी अध्यक्ष गणेशराज गिरीले जानकारी दिएका छन् ।

पार्टी प्रवेश गर्नेमा काँग्रेस जिल्ला कार्य समिति सदस्य भइसकेका चन्द्र खाती, जगन्नाथ गाउँ कार्य समितिका सभापति देबबहादुर विष्ट, काँग्रेसका संस्थापक एवं नेपाल शिक्षक संघका नेता गंगा प्रसाद उपाध्यायले पार्टी प्रवेश गरेका छन् ।

विष्ट दुई कार्यकाल पार्टी गाउँ इकाइ समिति सभापति भईसकेका छन् । भने उपाध्याय सरस्वती माविमा हाल प्रअको भूमिकामा शिक्षण पेशामा आवद्ध छन् । लामो समयसम्म यथास्थितिमै बस्नु पर्ने र परिवर्तनको विपक्षमा काँग्रेसले अझै अडान प्रस्तुत गरेको देख्दा काँग्रेसमा बसिरहनुको अर्थ सकिएको निष्कर्ष सहित प्रवेश गरेको नवप्रवेशीले बताएका छन् ।

रगत पसिना बगाएको पार्टी हो, स्थापना गर्नमा धेरै कोशीस गरियो, जनताको पक्षमा काम गर्ला भन्ने विश्वास थियो, दशकैसम्म पनि केही परिर्वतन देखिएन्, झनै भ्रष्टाचारदेखि काण्डैकाण्डमा मात्र काँग्रेसको संलग्नता देखिदा लज्जा बोध भएर पार्टी त्याग गर्नु परेको हो, शिक्षक नेता उपाध्यायले भने ।

एकैदिन बिरेन्द्र गिरी, नन्दराज गिरी, डबल गिरी, नन्दे गिरी, सर्पलाल गिरी, अबु गिरी, फुलमाया उपाध्याय, अबिलाल बिष्ट, राज बहादुर विष्ट, नन्दबिर बिष्ट, जग्गी रोकाया, रत्न ज्योती शाही, बल रोकाया, गौगोरा रोकाया, गङ्गा रोकाया, लालजना रोकाया, लगायत १ सय ४० परिवार प्रवेश गरेका हुन् ।
नव प्रवेशीलाई नेकपा केन्द्रीय सदस्य लालबहादुर थापा, पार्टी अध्यक्ष कालीबहादुर शाही, प्रवेश कमिटी सदस्य बल्देव रेग्मी सहीतले अविर लगाएर स्वागत गरेका हुन् । देश र जनताको पक्षमा वर्तमान सरकारले गरेका काम प्रति नेपाली जनताको विश्वास बढेकै कारण देशैभरी प्रवेशको लहर चलेको नेकपा केन्द्रीय सदस्य लालबहादुर थापाले बताएका छन् ।

थापाले १ नम्बर वडाका २९ जना वडा कमिटी सदस्यलाई सपथ ग्रहण गराएका हुन् । कार्यक्रममा नेकपा नेताहरु जनक विष्ट, भरत विक, मेघराज शाही, राजन रोकाया, तारा गिरी लगायतको सहभागिता रहेको थियो । नेकपाले शनिबार पनि स्वामिकात्र्तिक गाउँपालिकामा पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार