• होमपेज
  • समाचार
  • वडाअध्यक्षसहित ६ विरुद्ध विशेष अदालतमा मुद्दा दायर

वडाअध्यक्षसहित ६ विरुद्ध विशेष अदालतमा मुद्दा दायर

  • शुक्रबार, फाल्गुन २, २०७६
वडाअध्यक्षसहित ६ विरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका वडानम्बर ६ का वडाध्यक्ष कैलाश थापासहित ६ जनाविरुद्ध भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । अध्यक्ष थापाले खानेपानीको उपभोक्ता समितिको अध्यक्षसमेत आफै बनेर किर्ते कागजपत्र बनाएर भुक्तानी लिएको अख्तियारको आरोप छ ।

उनले झुठा काम नगरी झठा कागजपत्र बनाएर ६ लाख रकम भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । त्यसैगरी सोही गाउँपालिकाका कार्यालय प्रमुख प्रशासकीय अधिकृत निरञ्जन पाख्रिन र लेखापाल सुरेन्द्र तितजुले प्राविधिक प्रतिवेदन तयार गरेकाले उनीहरुविरुद्ध पनि मुद्दा दायर गरेको अख्तियारको ठहर छ ।

त्यस्तै सोही गाउँपालिका वडानम्बर ५ का बाबुलाल जोशी र दलबहादुर श्रेष्ठले खानेपानी आयोजनाको पाइप किन्दा ३ लाख भ्रष्टाचार गरेको भन्दै उनीहरुविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।

त्यसैगरी खानेपानी कार्यलयका सव इन्जिनियर लिलबहादुर पाण्डेले पेट्कु खानेपानी आयोजनमा भुक्तानी सम्पन्नको गलत प्रतिवेदन तयार गरी भुक्तानी दिएको आरोप अख्तियारको छ ।

चर्चामा

सम्बन्धित समाचार