मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • देश
  • जिल्ला अस्पताल बाजुरा ५० शैया अस्पताल बन्दै

जिल्ला अस्पताल बाजुरा ५० शैया अस्पताल बन्दै

  • बिहिबार, फाल्गुन १, २०७६
जिल्ला अस्पताल बाजुरा ५० शैया अस्पताल बन्दै

जिल्ला अस्पताल बाजुरा ५० शै्याको अस्पताल बन्ने भएको छ । अस्पतालमा पुरानो भवन र उपचारको समस्या भएपछि जिल्ला अस्पताल बाजुरा १५ शै्या बाट ५० शै्याको निर्माण भइरहेको अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष भरत थापाले वताएका छन् ।
जिल्ला अस्पताल बाजुराको भवन शहरि विकास मन्त्रालय अन्र्तगत निर्माण हुन लागेको हो । २०७५ साल बैशाख ५ गते बाट ठेक्काको काम शुरु भएको थियो । डाँफे–लोहनी, पि एस जेभी डोटिले पाएको ठेक्का २०७८ बैशाख मा सक्ने गरि सम्झौता भएको छ । २६ करोड ११ लाख ६१ हजार ३ सय ३९ मा कम्पनीले ठेक्का पाएको थियो । कम्पनीले अस्पतालको मुख्य भवनको काम शुरु गरिसकेको छ भने डक्टर बस्ने क्वाटरको पनि काम शुरु गरेको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले वताएका छन् ।
अस्पतालमा चार वटा भवन निर्माण हुने भएका छन् । पहिला १५ शै्याको अस्पताल थियो त्यो बेला उपचारमा निकै समस्या हुने गरेको थियो, अब ५० शै्याको अस्पताल बन्नेभएपछि उपचारमा सहज हुने भएको बिश्वकर्माले वताए । बाजुरा अस्पतालमा दैनिक १ सय जना भन्दा बढि बिरामी उपचारको लागि आउने गरेका छन् । भवन निर्माण पछि निकै सहज हुने अस्पतालले जनाएको छ । बिगतमा भवन अभाबमा सुत्केरी सेवा, ईमेरजेन्सी सेवा लगायतका सेवा एउटैमा गर्नु पर्ने बाध्यता रहेको छ ।
नयाँ भवन निर्माण शुरु सँगै पुराना भवन भत्काएपछि अहिले उपचारमा केही समस्या आएपनि नयाँ भवन निर्माण भएपछि निकै सहज हुने भएको छ । ठेकेदारले सम्झौता मितिमा काम सक्ने वा नसक्ने र अर्को गुणस्तरका बारेमा स्थलगत रुपमा अनुगमन गरेको सांसद लाल बहादुर थापाले वताएका छन् । काम छिटो छरितो सँगै गुणस्तर बनाउनका लागि आफु लाग्ने समेत बताएका छन् । जिल्ला अस्पताल पुराना भवन भत्काएर नयाँ भवन निर्माण हुँदा अस्पतालमा उपचारको समस्याका बारेमा अनुगमन गरेका थिए । नयाँ भवन निर्माण नहुँदा सम्म अस्पतालमा बिरामीको उपचारमा सहज बनाउनका लागि अस्पताल लगायत सरोकारवाला निकाय सँग छलफल गर्ने थापाले वताए ।

चर्चामा

सम्बन्धित समाचार