• होमपेज
  • बाजुरा बिशेष
  • बाजुराको अर्गानीक सिमि देशका बिभिन्न शहरमा लगिदै ।

बाजुराको अर्गानीक सिमि देशका बिभिन्न शहरमा लगिदै ।

  • मङ्लबार, माघ २८, २०७६
बाजुराको अर्गानीक सिमि देशका बिभिन्न शहरमा लगिदै ।

बाजुरा २८ माघ- जिल्ला कृर्षि ज्ञान केन्द्रको ढुवानी अनुदानमा बाजुरा जिल्लाको अर्गानीक सिमि देशका बिभिन्न शहरमा लगिने भएको छ । अनुदानमा सिमि दुवानी गर्न पाउदा कृर्षहरु खुशी भएका छन् । कृर्षि ज्ञान केन्द्रले ढुवानी अनुदान गरेरि दिएपछि उपभोक्तहरु यो भन्दा पहिलेको भन्दा ३० रुपैया देखी ५० रुपैयासम्म सम्तोमा सिमि खरिद गर्न पाउने भएपछि खुशी भएका छन् । दुवानी अनुदान नहुदा सदरमुकाम मार्तडी लगाएतका बजारमा १ सय ८० रुपैया देखी २ सय रुपैयासम्ममा बिक्रि हुदै आएको अर्गानीक सिमि थोकमा १ सय ५० रुपैया र खुद्रामा १ सय ५५ रुपैयामा बिक्रि हुन लागेको जिल्ला कृर्षि ज्ञान केन्द्रका सुचना अधिकारी मीनप्रशाद जैशीले जानकारी दिए ।
सदरमुकाम मार्तडीमा संचालित बाजुरा कोसेली घरले उक्त सिमिलाई बजारी करण गरिरहेको छ । बाजुराको सिमी उच्च हिमाली क्षेत्रमा उत्पादन गरिएको अर्गानीक सिमी हो भने यो खानमा अति नै मिठो, छिटो पाक्ने, लामो सम्म भण्डारण गर्न सकिने र पौष्टिकताका हिसावले पनि प्रोटिनको मात्रा लगायत अन्य तत्वहरु उच्चरहेको कारण विगत देखीनै उपभोक्ताको रुचिमा पर्दै आएको र खोजि खोजि खाने अवस्थामा यस वर्ष देशका बिभिन्न शहरमा पाईने भएको छ । बिगत भन्नदा ५० रुपैयासम्म प्रति किलो सस्तो मुल्यमा अर्गानीक सिमि पाउने भएपछि उपभोक्ताहरु खुसी भएका छन् ।
कृषि ज्ञान केन्द्र वाजुराले वाजुराको अर्गानीक कृर्षि उपजलाई वजारीकरणका लागि महत्वपुर्ण सहयोग कृर्षकहरुले बताएका छन् । कृर्षि ज्ञान केन्द्र बाजुराको सहयोगमा वाजुराको अर्गानीक स्याउको वजारीकरण, आलु महोत्सव मार्फत अर्गानीक आलुको वजारीकरण लगायत वाजुरामा उत्पादित रैथाने वालीहरु मकै कोदो चिनो कागुनो फापर लगायतका कृर्षि उपजहरुलाई देशका विभिन्न शहरमा पुर्याएर बाजुराको पहिचानसँगै यहाँको उत्पादन विक्रिवाट कृषकको आयआर्जनमा वृद्धि गर्ने गरी निरन्तररुपमा पहल भईरहेको जिल्ला कृर्षि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख गोबिन्द सिजापतीले बताए ।
अर्गानीक कृर्षि उपजको वजारिकरण गर्ने अभियान अन्तरगत कृर्षि ज्ञान केन्द्र बाजुराको ढुवानी अनुदान र गौमुल गाउँपालीका कृषि विकास शाखाको प्याकेजिङ्ग सहयोगमा कृर्षक समुह तथा सहकारी मार्फत गौमुल गाउँपाललीकामा उत्पादित ६५ कुईन्टल र वाजुराको उत्तरी क्षेत्रका चार ओटा स्थानिय तहका बिभिन्न ठाउमा उत्पादित १० कुईन्टल गरी ७५ कुईन्टल अर्गानीक सिमी बाजुरा कोसेलीघर मार्फत मार्तडी सदरमुकाम लगायत देशका प्रमुख शहरहरुमा विक्रि गर्ने गरी वजारीकरण गर्न लागिएको बाजुरा कोसेली घरका अध्यक्ष अम्मर खड्काले जानकारी दिए ।
वाजुरा अभाव र गरिवीको जिल्ला मात्रै नभई अवसर र सम्भावनाको जिल्ला पनि हो भन्ने भनाईलाई काम मार्फत पुष्टि गर्दै जाने क्रममा यो एउटा अर्को प्रयास कृषि ज्ञान केन्द्र वाजुरा मार्फत अगाडी वढाईएको कृर्षि ज्ञान केन्द्रका सूचना अधिकारी मीन प्रशाद जैशीले बताए । यो अभियानमा सबै सरोकारवाला, कृर्षक,ब्यापरि लगाएतले सहयोग सहकार्य र समन्वयको खाँचो रहेको जैशीले बताए ।
“रैथाने वालीको संरक्षण प्रवर्द्धन र विस्तार वाजुराको खाद्य पोषण सुरक्षा र कृषकको आम्दानीको आधार ” भन्ने मुल नारालाई सार्थक वनाउन कृर्षि ज्ञान केन्द्र बाजुराले आफ्ना कार्यक्रमहरुमा जंगली मेलमा नास्पाती कलमी अभियान, साँफे मार्तडी सडक खण्डमा उखु र केरा खेती विस्तार अभियान, स्याउको वजारीकरण अभियान, शुदुरपश्चिम प्रदेशको पहिलो आलु महोत्सव मार्फत आलुको वजारीकरण अभियान लगायतका काम लाई प्रथामिकतामा रहेर काम हरु अगाडी बढाईएका जेशीले बताए । यो अभियानले बाजुराली किसानहरुलाई निकै उत्साहित वनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार