शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • दुई महिना पछि बिदेश बाट पुर्णवीर नेपालीको शब बाकसमा घर पुग्दा………

दुई महिना पछि बिदेश बाट पुर्णवीर नेपालीको शब बाकसमा घर पुग्दा………

  • मङ्लबार, माघ २८, २०७६
दुई महिना पछि बिदेश बाट पुर्णवीर नेपालीको शब बाकसमा घर पुग्दा………

प्रकाश सिहं
हिमाली गाँउपालिका ७ बस्ने पुर्णवीर नेपालीको दुबैइमा हत्या भएको दुई महिना पछि घरमा लाश पुगेको छ । पौष ३ उनको दुबैमा हत्या भएको थियो । कमाउन गएका पुर्णवीर बाकसमा शब आउदा उनको परिवारमा शोकाकुल भएको छ ।
मृतक पुर्णवीरकि श्रीमति बिजसरा नेपाली भक्कानिदै भनिन् पैशा कमाएर परिवार पालिरहेका थियौ, न त श्रीनमा रहे, न अब आर्थिक जोहो गर्ने कोही नै नभएको वताईन् । मृत्यु भएको खबर देखी उनको परिवा बिक्षिप्त भएको छ । उनको परिवार मात्र नभइ गाँउनै शोसाकुल बनेको छ ।
दुई महिना पहिला उनको हत्या भएपनि उनको लाश ल्याउन धेरै प्रयास पछि मात्र घर पुगेको दलित अधिकारकर्मी गोरख सार्कीले वताएका छन् । घर सम्म कम्पनीको खर्चमा लाश पुयाएको उनले वताए । पुर्णवीर कम्पनिले दिएको कोठामा बस्दै आएका थिए । राति ट्यालेट जाने क्रममा ढोकामा हत्या गरेर उनलाई फालिएको अबस्थामा भेटाइएका थिए । मृतक सँगै एउटै कम्पनिका काम गरिरहेका रामलाल बिकले भने साँझ एउटेै कोठामा खाना खाएका थियौ, उनि बाहिर चर्पी आएका थिए, तर उनि मृतक अबस्थामा फेला परेको उनको वताए । उनलाई धारीलो हतियार प्रहार गरि हत्या भएको हुन सक्ने उनले वताएका छन् ।
उनको हत्याको आशंकामा बाजुराको हिमाली गाँउपालिका ७ बस्ने मोहनलाला बिक, सोही वडाका ललिजगं शाहि र ६ बस्ने गणेश नेपालीलाई दुबैइ प्रहरीले समातेर अनुसन्धान गरिरहेको दुबैइ बाट रामलाल बिकले वताए । मृतक पुर्णवीर नेपाल बाट दुई बर्ष पहिले डेल्टा प्रालि म्यानपावर मार्फत दुबैई पुगेका थिए । दुबैईको चाईना डेस्टाट कम्पनिमा काम गदै आएका थिए । दुबैइ प्रहरीले अहिले छानमिन भईरहेको बताएको छ ।
मुत्यक का बुबा ऐभान नेपाली भने छोरो को लास ल्याउन निकै पहल गर्नु परेको वताए । ऐभानले थपे घटना कसरी भयो कसले गर्याे, केही जानकारी नभएको वताए । कम्पनि मा काम गरिरहेका रामलाल बिकले भने अचानक दुख घटना घट्यो, कोठाको ढोका नजिकै ढलिरहेको देख्ने बितिकै अस्पतालमा लिईदालिदै अस्पताल ले मुत्यक घोषणा गरेको हो, अहिले प्रहरीले अनुसधान गरिरहेको वताए ।

चर्चामा

सम्बन्धित समाचार