शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बुढीगंगा
  • कृर्षि पर्यटन तथा सास्कृति महोत्सब सुरु

कृर्षि पर्यटन तथा सास्कृति महोत्सब सुरु

  • आइतवार, माघ २६, २०७६
कृर्षि पर्यटन तथा सास्कृति महोत्सब सुरु

बाजुरा २६ माघ– समृद्ध मौरे बाम्का संस्थाको आयोजनामा आजबाट कृषि, व्यापार, पर्यटन तथा बाजुरा साँस्कृतिक महोत्सव हिजोबाट सुरु भएको छ । महोत्सवको एक औपचारिक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले उद्घाटन गरेका हुन ।


शिक्षा विकासको अभियान, कृषि व्यापार संस्कति र पर्यटन हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ उक्त महोत्सव हिजो शनीबारबाट सूरू भएको हो । महोत्सव माघ २५ देखि फागुन २ गतेसम्म संचालन गरिने महोत्सवको मुल आयोजक समिति मौरे बाम्का सस्थाले जनाएको छ ।


महोत्सवले बाजुराको समग्र विकास पर्यटन कृर्षि शिक्षा स्वास्थ्य र समृद्धिमा टेवा पुग्ने आयोजकले अपेक्षा लिएको छ ।
महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषि उपचको प्रस्तुति, आन्तरिक तथा बाह्य पर्यटकको आगमनका, रमाइलो मेला, कृषि जडीवुटीको प्रदर्शनी गरिएको छ ।


महोत्सवको आकर्षण बढाउन महोत्सव स्थलमा विभिन्न किसिमका ३० वटा व्यापारिक स्टलहररू राखिएका छन् ।
महोत्सवको पहिलो दिन सुदूरपश्चिमका देउडा गायक लालबहादुर थापा, सुर्यविरही सांउद, डिक्रादेवी गाईने, कल्पना ढुंगाना लगायतका कलाकारहरूले प्रस्तुति देखाएका थिए ।


७ दिनसम्म चल्ने महोत्सवमा स्थानीय झाँकी, भुवा, लाखे, अनन्ते, गौरा, होरीनो लगायतका साँस्कृतिक भेषभुषाको प्रर्दशन गरिने आयोजकले जानकारी दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार