शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • भ्यालेन्टाइन डे मा एउटी रानी पायो भने (गजल)

भ्यालेन्टाइन डे मा एउटी रानी पायो भने (गजल)

  • आइतवार, माघ २६, २०७६
भ्यालेन्टाइन डे मा एउटी रानी पायो भने (गजल)

भ्यालेन्टाइन डे मा एउटी रानी पायो भने
जता भन्छु उतै जाने रानी पायो भने

मन मुटु सबै साट्नु हुन्थो उसै सँग
मलाई मन पर्ने बानी पायो भने

पिज्जा चाउमिन म:म छोड्न सक्छु भन्दै
दाल भात तरकारी खाने पायो भने

कोक फेन्टा इस्पराट पर्दैन केही पनि
तिर्खा लाग्दा चिसो पानी पायो भने

आट्छु पक्कै मैले जे पर्छ पर्छ
सोह्र बर्षे कलकलाउँदो जवानी पायो भने

प्रकाश थापा

बुढीगंगा नगरपालिका 5
हाल काठमाण्डौं

चर्चामा

सम्बन्धित समाचार