शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • घरमै पुगेर भाइरल प्रभाबितलाइ उपचार गर्दै डाक्टर

घरमै पुगेर भाइरल प्रभाबितलाइ उपचार गर्दै डाक्टर

  • शनिबार, माघ २५, २०७६
घरमै पुगेर भाइरल प्रभाबितलाइ उपचार गर्दै डाक्टर

बाजुराको हिमाली गाँउपालिकामा भाइरल प्रभाबित क्षेत्रमा डाक्टरको टोली पुगेर उपचार गरिरहेको छ । गाउँपालिकामा फैलिएको मौषमी रुघाखोकी भाइरल ज्वरो इन्फ्लुन्जाले माहामारीको रुप लिएपछि गाउँपालिका भित्रका गाउँ गाउँमा पुगेर डक्टर सहितको टिमले उपचार गरिहेको हिमाली गाँउपालिका स्वास्थ्य संयोजक राज भण्डारीले वताएका छन् ।
टोल र घर घरमा पुगेर उपचार मात्र नभई स्वास्थ्य सन्देश समेत दिइरहेका छन् । आइतबार देखि बिहिबार सम्म गाउँपालिको केन्द्र धुलाचौरमै डाक्टर सहितको स्वास्थ्यकर्मी टिमले उपचार गरिरहेको थियो । शुक्रबार देखि गाउँगाउँ मै पुगी उपचार र स्वास्थ्य शिक्षा दिदै आएको गाँउपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले वताएका छन् ।


गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लको समन्वयमा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राज बहादुर भण्डारीको बिशेष पहलमा डाक्टर राजु राज जैशी सहित स्वास्थ्यकर्मीहरुको टिम गाँउ गाँउमा पुगेको छ । बाजुराको सबै भन्दा दुर्गम गाँउपालिका रुपमा रहेको हिमाली गाँउपालिकाका गाँउ गाँउमा पहिलो पटक डाक्टर पुगेर सेवा समेत दिइरहेका छन् ।
स्वास्थ्य शाखा प्रमुख राज भण्डारीका अनुसार शुक्रवार गाँउपालिकाको ४ को बोर्ता गाउँमा स्वास्थ्य सिविर संचालन गरि २ सय ३७ जनाको उपचार गरिएको थियो । त्यस्तै शनिबार फैती गाउँमा १ सय ५६ जनाको स्वास्थ्य उपचार गरिएको छ । स्वास्थ्य उपचार सँगै स्वास्थ्य शिक्षा दिएको भण्डारीले वताएका छन् । ४ जना संकास्पद बिरामीको नमुना सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षणको लागि पठाइएको छ । आइतबार हिमाली ६ धिम गाउँमा स्वास्थ्य सिविर संचालन हुने भएको छ ।


मौषमी रुघाखोकी भाइरल ज्वरो इन्फ्लुन्जाको माहामारी नियन्त्रणको लागि जिल्ला अस्पताल बाजुराका डाक्टर राजु राज जैशी, सिनेर अहेब कुल रावल, अहेब हस्त खडायत जिल्ला बाट खटिएको थियो । त्यस्तै गाउँपालिका बाट हेल्थ असिस्टेन्ट राज बहादुर भण्डारी, अ.हे.व. बासुदेव पाण्डे, सीअनमि प्रेमकला मल्ल र प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट ल्याब टेक्निसियन निरीक्षक राम प्रशाद ओझा सहित अन्य कर्मचारी के.आइ. सिंह मल्ल, मन रिसी पाण्डे र डब्बल भण्डारी भाइरल प्रभाबित क्षेत्रमा खटिएका छन् । भाइरल नियन्त्रण पुर्ण रुपमा नआएपनि पहिला भन्दा धेरै नियन्त्रणमा आइसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार