शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • आमा र बुवाको मृत्यु पछि दुई भाइबहिनी बिच्चली

आमा र बुवाको मृत्यु पछि दुई भाइबहिनी बिच्चली

  • शुक्रबार, माघ २४, २०७६
आमा र बुवाको मृत्यु पछि दुई भाइबहिनी बिच्चली

बडिमालिका ६ कोर्धमा आमा र बुवाको मृत्यु पछि दुई भाइबहिनी बिच्चलीमा परेका छन् । २०७२ सालमा आमा र बुवाको मृत्यु पछि १० बर्षकि गिता खड्का र ८ बर्षका कमल खडका अलपत्र रहेको स्थानिय बिष्णु खडकाले वताएका छन् ।
२०७२ सालमा बुवा करन खड्काको मृत्यु भएको ५ महिनामा आमा मथुरा खडका बिरामी भएर मृत्यु भएको थियो । उपचार गर्न नसकेपछि उनेको मृत्यु भएको स्थानियले वताएका छन् । बिच्चलीमा रहेका दुबै भाइबहिनि बुढा बाजे लक्षि खडका सँग रहेका छन् । दुबै भाइबहिनि स्थानिय नेरा निमाबिमा अध्यनरत रहेका छन् । गिता कक्षा १ मा र कमल कक्षा २ मा अध्यनरत रहेका छन् ।
गिताले भनिन् चिसोमा खुट्टा छोप्ने जुता छैन्, अरूले दिएको लुगाफाटोले शरीर छोपिरहेको वताईन् । दैनिक छाक टार्न पनि निकै असहज भएको वताएका छन् । आर्थिक अभाबले बिद्यालयको पठन पाठनमा समेत समस्या भएको छ ।

चर्चामा

सम्बन्धित समाचार