• होमपेज
  • कला /साहित्य
  • कविता- “साइनो” परिचय

कविता- “साइनो” परिचय

  • शुक्रबार, माघ २४, २०७६
कविता- “साइनो” परिचय

साहित्यको नौलो विधा देख्न सकिने साइनो यो,
सात आठ नौ अक्षरमा लेख्न सकिने साइनो यो ।
आफ्नै अर्थ दिन्छन् यहाँ तिनै पंक्ति फरक-फरक,
जोड्दा सबै चौबीस अक्षर यसको अर्थ अलग ।।

समग्रमा ब्यन्जना अबिधा र लक्षणाले भरीएको,
नेपाली साहित्यको जगतमा साइनो यो छरीएको ।
आफन्तको नाता सम्बन्ध यो मित्रतालाई जनाउँदै,,
यो साइनोले आफ्नो पहिचान विश्वसामु बनाउँदै ।।

गहिरिएर सोचौं मित्र थोरै शब्द ठूलै अर्थ दिन्छ,
लेखौं हामी खारीएर साइनोले अर्कै रुप लिन्छ ।
शिरबिन्दु,चन्द्रबिन्दु,हलन्त,आधाअक्षर गणना नगरौं,
मागेपछि विस्मयादिबोधक,प्रश्नचिन्ह,पूर्णविराम राखौं ।।

कति राम्रो साहित्य विधा मौलिकता नै झल्काउने,
पढ्दा,सुन्दा झङ्कृत भइ मनमुटुमा आगो सल्काउने ।
अरुसङ्ग मिल्दैमिल्दैन नियम हुन्छ यसको आफ्नै सुत्र,
पहीले-पहीले बुझ्नैगाह्रो बुझेपछि बनाउँछ मन्त्रमुग्ध ।।

सातले सातवार आठले अष्ठदिशा नौअक्षर नवरस,
साहित्यलाई साथदेउ सहयोग गर अब हेरेर नबस ।
कति सरल सबै यी अक्षरले चौबीस घण्टा जनाउने,
लतैलाग्छ यत्तिजाने जतिखेरै सधैं साइनो बनाउने ।।

©-सुरेन्द्र शाही”गुलाब कान्छो,

चर्चामा

सम्बन्धित समाचार