• होमपेज
  • समाज
  • अछाममा वडाध्यक्ष हत्याको अनुसन्धान गर्न प्रहरीले कुकुर परिचालन

अछाममा वडाध्यक्ष हत्याको अनुसन्धान गर्न प्रहरीले कुकुर परिचालन

  • मङ्लबार, माघ २१, २०७६
अछाममा वडाध्यक्ष हत्याको अनुसन्धान गर्न प्रहरीले कुकुर परिचालन

अछाम,२१ माघ — अछाममा वडा अध्यक्ष पदमबहादुर धामीकाे हत्या भए पछि संघीय प्रहरी इकाई कार्यालय धनगढीले प्रमुख घटनाको अनुसन्धान गर्न सात जनाको टोली तालिमप्राप्त कुकुरसहित अछाममा पठाइएको जानकारी दिएकाे छ ।छामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडा अध्यक्ष धामी घरदेखि ३० मिनेटको दुरिमा रहेको गैरी गाउँको गोठमा मृत अवस्थामा बुधबार विहान भेटिएका थिए । उनको अनुहारमा चोटहरु रहेको प्रहरीले जनाएको छ ।  प्रहरीले घटनास्थल सिल गरेर राखिएको जानकारी दिएको छ ।पञ्चेवल विनायक नगरपालिकाकी उपमेयर अम्बिका चलाउनेले मृत फेला परेका वडा अध्यक्ष धामीको हत्या गरिएको बताइन् । उनले गाईबस्तु बाँध्ने गोठमा रग्ताम्य अवस्थामा शव भेटिएको बताइन् ।उनी नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

चर्चामा

सम्बन्धित समाचार