शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • स्वबियु निर्वाचन सुनिश्चित गर्न नेबि संघद्वारा ४८ घण्टे अल्टिमेटम

स्वबियु निर्वाचन सुनिश्चित गर्न नेबि संघद्वारा ४८ घण्टे अल्टिमेटम

  • मङ्लबार, माघ २१, २०७६
स्वबियु निर्वाचन सुनिश्चित गर्न नेबि संघद्वारा ४८ घण्टे अल्टिमेटम

नेबि संघ त्रिभुवन विश्वविधालय समितिले विश्वविधालयका उपकुलपति प्रा.डा.धर्म बास्कोटालाई ४८ घण्टा भित्र रेक्टर नियुक्त गरि स्वबियु निर्वाचनको सुनिश्चितता गर्न अल्टिमेटम दिएको छ । नेबि संघ त्रिभुवन विश्वविधालय समितिका सचीव योगेन्द्र रावलले उपकुलपति को लापरबाहीले स्वबियु निर्वाचन फेरि पनि नहुने हो कि भन्ने आशन्का उत्त्पन्न भएको भन्दै सामाजिक संजाल मार्फत-“नेबि संघ त्रिभुवन विश्वविधालय समिति बिनम्रता पुर्वक आग्रह गर्दछ,४८ घण्टा भित्र त्रिभुवन विश्वविधालयले रेक्टर नियुक्त गरि स्वबियु निर्वाचन सुनिश्चित गरोस् ! अन्यथा उपकुलपति ज्यु लाई स्वबियु निर्वाचनको भजन बाजाएर कुर्सीमा बसिरहने सुबिधा हुने छैन´´कडा कदम चाल्नुभएको छ| सचीव रावल विश्वविधालयमा स्वबियु निर्वाचन को निम्ति लामो समय देखि लड्दै आउनुभएको छ| लामो समय देखि नेबि संघ विश्वविधालय समिती स्वबियु निर्वाचनको मैदानमा उत्रिए पनि उपकुलपति ज्यु ले फेरि विद्यार्थी संगठन लाई झुक्याउने,जिस्काउने कार्य गर्न थाल्नुभएको छ भन्दै नेता रावलले अबिलम्ब स्वबियु निर्वाचनको बाताबरण निर्माण गरि निकास नदिए चुप लागेर बस्न नसक्ने चेतावनी दिनुभएको छ| नेबि संघ बिश्वविधालय समितिले स्वबियु निर्वाचन का सम्बन्धमा उपत्यका स्तरिय तयारी छलफल पनि सम्पन्न गरिसकेको छ|उता उपकुलपति प्रा.डा.धर्म बास्कोटा ले नेकपा को दबाबमा परि रेक्टर नियुक्त गर्न सक्नुभएको छैन| २०६५ साल पछि त्रिभुवन विश्वविधालयमा बि-भिन्न बाहानमा स्वबियु निर्वाचन हुन सकेको छैन|

चर्चामा

सम्बन्धित समाचार