• होमपेज
  • समाचार
  • वडा अध्यक्ष मृत फेला

वडा अध्यक्ष मृत फेला

  • मङ्लबार, माघ २१, २०७६
वडा अध्यक्ष मृत फेला

 नरेन्द्र रावल,/माघ २१ अछाम — अछाम पन्चदेवल बिनायक नगरपालिका वडा नं.२ का वडा अध्यक्ष मृत अवस्थामा फेला परका छन । वडा नं.२ का अध्यक्ष पदम वहादुर धामी आज बिहान हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । अछाममा एक जना जनप्रतिनिधीको हत्या गरिएको अबस्थामा फेला परेका हुन । हत्या कसले र किन गर्यो भन्ने कुरा एकिन हुन नसकेको नेपाली कांग्रेस अछामका सहसचिव एवंम प्रवक्ता बेदप्रकाश तिमिल्सैनाले बताए । घट्नाको अनुसन्धानका लागि प्रहरी टोली घट्ना स्थल तर्फ गईसकेको प्रवक्ता तिमिल्सैनाले जानकारी दिएका छन् । घटनाको सत्य तथ्य छानविन गरी दोषी कडा कारबाही हुनुपर्ने उनले बताए । ४० बर्षिया धामीको आज बिहान हत्या गरिएको अवस्थामा सब फेला परेको हाे। हत्या गरिएका धामी तत्कालिन नेकपा एमालेका उम्मेद्धवारलाई पराजित गरि वडाध्यक्षमा निर्वाचित भएका थिए ।

चर्चामा

सम्बन्धित समाचार