शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • धुवाँरहित चुलो पाउँदा स्थानिय मख्ख

धुवाँरहित चुलो पाउँदा स्थानिय मख्ख

  • मङ्लबार, माघ २१, २०७६
धुवाँरहित चुलो पाउँदा स्थानिय मख्ख
साहस नेपाल नामक गैरसरकारी संस्थाले निशुल्क चुलो वितरण गर्दै नगर उपप्रमुख कबिता बिष्ट र वडा अध्यक्ष बिनाेद कुमार बिक । तस्वीर लक्ष्मीराज पाध्याय

बाजुरा २१ माघ– साहस नेपाल नामक गैरसरकारी संस्थाले निशुल्क चुलो वितरण गरेको छ । धुवा रहित फलामे पाएपछि स्थानीय मख्ख भएका छन् । साहस नेपाल लिफ्ट परियोजना अन्तरगत बडिमालिका नगरपालिका वडा न ९ का २१ परिवारले धुवारहित फलामे चुलो पाएका छन् । साहस नेपाल लिफट परियोजनाको पहलमा आधुनिक फलामे चुलो बितरण गरेको हो ।

विपन्न बर्गलाई लक्षित गरी उखाडी चौराटा कृषक समुहका विपन्न २१ परिवार लाई चुलो वितरण गरेको हो सहास नेपाल लिप्ट परियोजनाका परियोजना अधिकृत देसेन्द्र राईले बताए । विषेश गरि महिलाहरुको स्वास्थ्यमा असर नपरोस भन्ने उद्देश्यले धुवा रहित चुलो वितरण गरीएको उहाँले बताउनु भयो । सहास नेपालको ७५ प्रतिशत २५ प्रतिशत कृषकको लगानीमा चुलो वितरण गरेको बताईएको छ । साथै उहाँले चुलो वितरणपछि चुलो जडानका लागि सहास नेपालकै प्राविधिकहरुले सहयोग गर्ने बताएका थिए ।
आधुनीक फलामे चुलो पाएपछि वडाका स्थानीयबासी खुसी भएका छन् । वर्षौदेखि धुवासहीतको पुरानो चुलोमा खाना पकाउदै आएका गाउँका महिलाहरु अबदेखी धुवारहित चुलोमा खाना पकाउन र महिलाको स्वास्थ्यमा टेवा पुगोस भन्ने उदेश्यका साथ चुलो बितरण गरिएको साहस नेपाल लिफट परियोजनाका परियोजना अधिकृत देसेन्द्र राईले बताए । बर्षौदेखी पुरानो चुलोमा खाना पकाउदै आएका महिलाहरु आधुनीक चुलो पाएपछि निक्कै खुसी भएको बताए ।
धुवाँमुक्त नगरपालिका बनाउने अभियान अन्तरगत हरेक बषए साहस नेपालले बडिमालिका नगरपालिकाका बिभिन्न वडा र बस्तमिा धुवा रहित चुलो बितरण गर्दे आएको छ । जनताको आबश्यक्ता हेरि बितरण गरिएका चुलाले गाउँमा रहेका महिलाहरुको स्वास्थ्य स्थितीमा केही फरक आउन सक्ने बडिमालिका नगरपालिकाका नगर उपप्रमुख कबिता बिष्टले बताईन ।
गाउँमा बिकासे संस्थाको काम निकै प्रभावकारी रहेकोले यसपछिका दिनमा पनी साहस नेपाल संगको सहकार्य रहिरहने बिष्टको भनाई रहेको छ ।
साहस नेपाल लिफ्ट परियोजनाको ७५ प्रतिशत ससस्त्र अनुदान तथा २५ प्रतिसत स्थानीय उपभोक्ताको सहयोगमा चुलो वितरण गरिएको साहस नेपालले जनाएको छ । कम्पनी देखी बनाउन र बाजुरा सम्म ल्यान जम्मा प्रति चुलो ७ हजार २ सयमा पुगेको साहस नेपालका प्रसासनिक तथा बित्त अधिकृत नयन कुमार परियारले बताएका छन् ।
धुवाँ नआउने तथा एक ठाउँबाट अर्को ठाउँसम्म लैजान सजिलो चुलो वितरण गरेर गाउँलाई नै धुवाँमुक्त बनाउन अभियानमा सहयोग गरेकोमा वडाअध्यक्ष बिनोद कुमार बिकले संस्थालाई धन्यबाद समेत दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार