शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • बिच्छँयाका बासिन्दा बिजुली बाल्न सक्रिय, १ सय किलोवाटको बिजुली उत्पादन हुदै

बिच्छँयाका बासिन्दा बिजुली बाल्न सक्रिय, १ सय किलोवाटको बिजुली उत्पादन हुदै

  • सोमवार, माघ २०, २०७६
बिच्छँयाका बासिन्दा बिजुली बाल्न सक्रिय, १ सय किलोवाटको बिजुली उत्पादन हुदै

बाजुराको सर्वाधिक दुर्गम हिमाली गाँउपालिका बिच्छँयाका बासिन्दा बिजुली बाल्न सक्रिय भएका छन् । गाँउलाई अन्धकारमुक्त बनाउनका लागि बिजुली बाल्न सक्रिय भएको हिमाली गाँउपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले वताएका छन् । साविकको बिच्छँयाका सबै बासिन्दाको अहिले पहिलो प्राथमिकता बिजुली बाल्न प्रयास रहेको मल्लले वताए ।
२०७७ मा गाँउमा बिजुली बाल्ने गरी १ सय किलोवाट बिधुत उत्पादन हुने भएको छ । हिमाली गाँउपालिका १ बिच्छँया खोलामा बिजुली उत्पादन हुने भएको हो । बिजुली बाल्नका लागि बिच्छँया खोला लघु जलबित बहुउद्देश्य सहकारी संस्था मार्फत काम भइरहेको अध्यक्ष धर्म बहादुर रोकायाले वताएका छन् । यो ठाँउ बाजुराको सदरमुकाम मार्तडी बाट तिन दिन भन्दा बढि समय लाग्ने ठाँउ हो । बर्षौ देखी झरोको साहारामा उज्यालो बाल्दै आएका स्थानिय १ बर्ष भित्र गाँउ झिलिमिलि बनाइसक्ने योजनाका साथ काममा लागेको धर्म बहादुर रोकायाले वताएका छन् ।

बिजुली बाल्नका लागि स्थानिय निकै सक्रिय भएका छन् । २० प्रतिशत जनश्रमदान सँगै नगद पैशा समेत संक्रलन गरिरहेका छन् । अहिले सम्म ७ लाख ९० हजार ६ सय संकलन गरिसकेका छन्, यो पैशा उनिहरुको खातामा जम्मा हुने यसलाई शेर पुजीका रुपमा रहने गाँउपालिकाले वताएको छ । बिजुली बाट हिमाली गाँउपालिका १, २ र ३ का ५ सय भन्दा बढि परिवार लाभाबान्ति हुने भएका छन् । सामान खरिद देखी निर्माणका लागि काम शुरु भइसकेको लघुजलबिद्युतका अध्यक्ष धर्म बहादुर रोकायाले वताएका छन् ।
बिजुली बाल्नका लागि ग्रामिण जलस्रोत ब्यबस्थापन परियोजना (RVWRMP) मार्फत फिनल्यान्ड सरकार र युरोपियन युनियन, गाँउपालिका र स्थानियको श्रमदान गरि ६ करोड बराबर लगानी सम्पन्न हुने भएको छ । स्थानिय सरकारको १५ प्रतिशत, २० प्रतिशत श्रमदान र बाकि परियोजना मार्फत फिनल्यान्ड सरकार, युरोपियन युनियनको लगानि रहेको ग्रामिण जलस्रोत ब्यबस्थापन परियोजनाका जलस्रोत सल्लाहकार नरविर ऐडीले वताएका छन् । चाडै गाँउलाई उज्यालो बनाइसक्ने योजना रहेको ऐडीले बताए । सर्वाधिक बिकट भएकाले सामान ढुवानी गर्नमा अलि ढिलाई हुने उनले वताए ।
ग्रामिण जलस्रोत ब्यबस्थापन परियोजना मार्फत फिनल्यान्ड सरकार र युरोपियन युनियनको आर्थिक सहयोगमा हुम्ला ४ र बाजुरा १ गरि ५ वटा बिधुत परियोजना निर्माण भइरहेका छन् । ५ वटै आयोजना दुर्गम ठाँउमा रहेको छ । परियोजनाले बाजुराका अन्य ठाँउमा सिचाइ, खानेपानी ब्यबस्थापन र पुर्ण सरसफाई अभियानमा सहयोग गर्दै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार