शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • एक घर एक धारा अभियान वडा न ८ बाट शुरू

एक घर एक धारा अभियान वडा न ८ बाट शुरू

  • सोमवार, माघ २०, २०७६
एक घर एक धारा अभियान वडा न ८ बाट शुरू

बाजुरा २० माघ– बडीमालिका नगरपालिका वडा न ८ बाट एक घर एक धारा अभियान शुभारम्भ हुने भएको छ । युनिसेफ नेपालको ५० प्रतिशत र बडीमालिका नगरपालिकाको ३० प्रतिशत र उपभोक्ताको २० प्रतिशत लागत साझेदारीमा सम्पन्न हुने आयोजना वडा न ८ को थापा वाडा ६२, रापक बाढिमा ३३ र रापककै जुकेनामा ३५ धारा गरी १३० वटा धारा निर्माण हुने भएका छन् १३ लाख ९८ हजार २८९ रुपैयाँको लागतमा निर्माण हुने वडा अध्यक्ष प्रकाश रावलले बताए । निर्वाचनका बेला “एक घर एक धारा“को नारा जनतालाई भनेकै आधारमा सो कामलाई अगाडी बढाईएको अध्यक्ष रावलले बताए । अव पहिलो चरणको काम यस वडाबाट प्रारम्भ भए पनी नगरपालिका भरीनै कार्यान्वन भएको छ । जम्मा ५९० घरधुरी रहेको वडा न ८ मा अहिले १३० घरमा खानेपानी र स्वच्छता सहितको धारा निर्माण हुने सब इन्जिनियर गोरख थापाले बताए । उनले भने अव बन्ने धारा १ मिटर २० सेन्टिमिटर उचाईका रहने र भाडा राख्ने चाङ समेत निर्माण हुने बताए । खानेपानी तथा स्वच्छता नमूना नगरपालिका बनाउने महाअभियानमा नगरपालिका लगायत बिभिन्न संघसंस्था संग सहकार्य गरिरहेको नगर उप प्रमुख कविता विष्टले बताइन । जिल्ला सदरमुकामको खानेपानी समस्या समेत अव केही महिना भित्र ै समाधान हुने उपप्रमुख बिष्टले बताइन । जिल्ला अस्पताल क्वाटरमा निर्माण भएको पानी टंकीमा झारेर खुला मञ्चमा पाइप लाइन विस्तार सकिए पछी मार्तडीमा प्रयाप्त खानेपानी उपलब्ध गराउन सकिने उपप्रमुख बिष्टको भनाई रहेको छ । वडा न १ र २ मा ग्रामिण जलश्रोत परियोजनाले खानेपानी तथा पूर्ण सरसफाईको कार्यक्रम सञ्चालन गरेको छ । सबै विकास साझेदारको सहकार्यमा स्वोच्छ र सफा खानेपानीको व्यवस्था हाम्रै कार्यकालमा पूरा गर्ने गरी लागेका नगर प्रमुख पदम बडुवालले बताए । मार्तडीको बृहत खानेपानी, बडुवालबाडा, रापक नगाने, बाढी, जुकेना लगायतका खानेपानी र नया‘ बन्ने खानेपानीमा पनी मुहान, पानी भकारी, धारा र घरको घैलाको समेत गुणस्तर मापन प्रारम्भ भएको छ । नगरपालिका भरीका सबै योजनाको सफ्टवेयर मार्फत सूचना संकलन कार्य समेत सञ्चालन भै रहेको नगरपालिकाले बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार