• होमपेज
  • बडिमालिका बिशेष
  • २ वर्ष भित्र विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छताका मापदण्ड पुरा गरिने

२ वर्ष भित्र विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छताका मापदण्ड पुरा गरिने

  • शनिबार, माघ १८, २०७६
२ वर्ष भित्र विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छताका मापदण्ड पुरा गरिने

नन्दा थापा/माघ १८– बडीमालिका नगरपालिका भित्र रहेका सबै विद्यालय हरुमा २ वर्ष भित्र विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छताका मापदण्ड पुरा गरिने भएका छन् । समावेसी शिक्षाको अवधारणा बारे जानकारी गराई साझा बुझाई बिकास गर्न तथा विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छ अवधारणा तथा तीनतारे सुचक पार गर्दै मापदण्ड पुरा गरिने भएका हुन ।
युनीसेफको आर्थिक सहयोग, सिबीएमको प्राविधिक तथा नगरपालिकाको आयोजनामा खानेपानी, सरसफाइ तथा स्वच्छताका मापदण्ड पुरा गरिने भएको युनिसेफ जिल्ला संयोजक महनराज जैशीले बताए । शनिबार नगरपालिकाका जनप्रतिनिधि, युनीसेफ र सिबीएमका प्रतिनिधिको संयुक्त बैठकले मापदण्ड पुरा गरी समान सबै बालबालिकालाई समान शिक्षाको अवधरणा सृजना गर्ने उनले बताए ।
नेपाल सरसकारकै रननितिलाई आधार बनाई विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी विषयहरूलाई संघीय, प्रादेशिक तथा स्थानीय तहका योजना प्रक्रियामा प्रवाहीकरण गर्ने, विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता प्रवर्धनका लागि सरकार तथा सम्बन्धित मन्त्रालय, संयुक्त राष्ट्र संघ, गैर सरकारी, निजी क्षेत्र र नागरिक समाज बीच समन्वय, सहकार्य र साझेदारी गर्ने निर्णय भएको नगरपालिकाका शिक्षा ईकाई संयोजक रंगमल विकले बताए ।
उनले भने,विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छताको विषयलाई विद्यालय सुधार योजनामा समावेश गर्ने छौं । विद्यालय खानेपानी र सरसफाइका सुविधा र स्वच्छता प्रवर्धनका लागि निरन्तर स्वमूल्याङ्कन पद्धति विकास गरी अवलम्बन गर्ने, र बाल क्लब, विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति र सरोकारवालाहरुको क्षमता विकास गर्ने,उनको भनाई थियो ।
नेपाल सरकारकै ३ ताराको मापदण्ड अनुसार नगरपालिकाले काम गर्न सके छात्रा तथा छात्रहरूका लागि चुकुल सहितका अलग अलग हुने, सुधारिएकातथा सुचारु शौचालय भएका हुनेछन्
बाल, लैङ्गिक, अपाङ्गता र वातावरण मैत्री युरिनल र पानी सहितको धारा भएको सुधारिएका तथा सुचारु शौचालयको व्यवस्थाभएका छन् । सुरक्षित स्थानमाबाल, लैङ्गिक, अपाङ्गता र वातावरण मैत्री (२५ छात्रा र ५० छात्रहरुको अनुपातमा) पर्याप्त पानी सहितको सुधारिएका तथा सुचारु शौेचालय र एक शौैचालय र मुत्रालयको अनुपात १ः४ को सुविधा सहित दिसा, पिसाबको सुरक्षित निकासको व्यवस्था मिलाइएको हुनेछन् ।

चर्चामा

सम्बन्धित समाचार