बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • युनिसेफले नगरपािलका भरीका विद्यालयमा अपाङ्गमैत्री धारा बनाउदै

युनिसेफले नगरपािलका भरीका विद्यालयमा अपाङ्गमैत्री धारा बनाउदै

  • शनिबार, माघ १८, २०७६
युनिसेफले नगरपािलका भरीका विद्यालयमा अपाङ्गमैत्री धारा बनाउदै

नन्दा थापा/माघ १७– बडीमालिका नगरपालिकामा रहेका सबै विद्यालयमा सरसफाई सुचक पुरा नभएको पाईएको छ । नगरपालिका भरी रहेका २५ वटा सामुदायिक ३ वटा निजी गरी २८ वटै विद्यालयहरु कुनै बिद्यालयमा पनि सरसफाई तथा स्वच्छताका मापदण्ड पुरा नभएको पाईएको हो ।
युनिसेफका अनुसार विद्यालयले सरसफाई तथा स्वच्छताका मापदण्ड पुरा गर्न ३ वटा ताराहरु प्राप्त गरेको हुनुपर्छ तर बडीमालिका नगरपालिकामा रहेका सामुदायिक विद्यालयहरुले पहिलो तारा सम्म पनि प्राप्त गर्न नसकेको एक कार्यक्रमका सहभागी प्रधानाध्यापकहरुले बताएका छन् ।
युनिसेफले सरसफाई तथा स्वच्छताका मापदण्ड पुरा गर्नको लागि खानेपानी, हातधुन, र सरसफाई गर्नको लागि सुधारिएको स्रोतबाट सबैलाई सुलभ रुपमा पानीको उपलव्धता भए पहिलो सुचक पुरा भएको मानेको छ तर यो सुचक पनि मुस्किलले कुनै विद्यालयमा भेटिए पनि धेरैमा छैन ।
त्यस्तै विद्यालयमा पीउनको लागि सुद्धिकरण गरिएको पानीको व्यवस्था भएको साथै वर्षमा कम्तिमा दुवै पटक पानीको गुणस्तर परिक्षण गरी सुधार गरिए दोस्रो तारा प्राप्त हुने भनेको छ । दोस्रो तारा कुनै पन विद्यालयले प्राप्त गर्न नसकेको बालमन्दिर आधारभुत विद्यालयका प्र.अ. सुसिला बुढथापाले बताइन । सरसफाई तथा स्वच्छताका मापदण्ड पुरा गर्नको लागि विद्यालयलाई कतैबाट आर्थिक नै नआउने गरेको उनको भनाई थियो ।
खानेपानीकै कुरा गर्दा तेस्रो तारा पुरा गर्नको लागि सबै बालबालिकाको पहुँच सहितको पीउन र सरसफाईका लागि सुरक्षित र पर्याप्त पानीको उपलब्धता भएको हुनुपर्ने युनिसेफको सर्वेक्षण देखाएको छ ।
सरसफाई तथा स्वच्छताका मापदण्ड पुरा गर्नको लागि बडीमालिका मात्र नभएर जिल्लाका सबैजसो विद्यालयले पहिलो तारासम्म पनि प्राप्त गर्न नसकेको युनिसेफ जिल्ला संयोजक महन जैशीले बताए । उहाँले खानेपानी मात्र नभई शौचालय, सफा स्वच्छ र हरियाली वातारण, खानाको स्वच्छता, स्वच्छताको सुविधा र स्वच्छताको शिक्षा, महिनावारी स्वच्छता व्यवस्थापन, संस्थागत व्यवस्थापन रर दिगोपना, विपद जोखीम व्यवस्थापन र अनुगमन तथा जवाफ देहीता मुल्याङ्कन गर्दा कुनैमा पनि मापदण्ड पुरा नभएको पाईएको बताए ।
तीनवटै तारा प्राप्त गर्नको लागि समान शिक्षा, समान अवसर, अपाङ्गता भएका बालबालिकाको पहुच, पर्याप्त तालिम र सिपयुक्त जनशक्ति पर्याप्तता हुनुपर्ने युनिसेफ सरसफाई तथा स्वच्छता कार्यक्रम अधिकृत कटक रोकायाले बताए । त्यस्तै प्रारम्भिक कक्षा सिकाई मातृभाषाको प्रयोग बहु कक्षा बहुस्तर शिक्षण, पहिचान र प्रमाणीकरण भएको हुनुपर्ने युनिसेफ शिक्षा अधिकृत ईन्द्रप्रसाद गुप्ताले बताए ।
यी सबै सुचक पुरा गर्ने क्रममा अपाङ्गगता भएका बालबालिकाको सहभागिता हुने गरी मापदण्ड बनाउन सके मात्र समाज शिक्षा प्राप्त हुने सिबीएमका राजेश मराशिनीले बताएका छन् । कार्यबाहक मेयर रामबहादुर कार्कीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रम नगरपालिकाको सभाहलमा आयोजना गरिएको हो । कार्यक्रममा नगरपालिका भरीका विद्यालयका प्रअ, सरसफाई तथा स्वच्छता सम्वन्धि काम गर्ने निकायको सहभागिता रहेको थियो । यी सुचक पुरा गर्नको अपाङ्गगता भएका बालबालिकाको सहभागिता हुने गरी नगरपालिकाले कार्यदल बनाएर मापदण्ड निर्माण गर्ने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार