बाजुरा १८ माघ– जिल्ला कारगारमा रहेका कैदिबन्दीलाई स्वास्थ्य सम्बन्धीको परामर्श सेवा दिएको छ । जिल्ला अस्पताल बाजुराका डाक्टर रुपचन्द्र बिश्वकर्मा र स्वास्य कार्यालय बाजुराका रामचन्द्र यादवले स्वास्थ्य सेवा सम्बन्धी परामर्श दिएका छन् ।
जिल्ला कारागारमा रहेका कैदिबन्दीको स्वास्थ्यमा असर नहोस र स्वास्थ्य सेवा सबैले पाउनुपर्छ भन्ने उदेश्यका साथै कारागारका सबै कैदी बन्दीहरुलाई सो सेवा दिएको स्वास्थ्य कार्यालय बाजुराका रामचन्द्र यादवले बताए ।
केही दिन अगाडी हेपाटाइटीस बी रोगका कारण सबै कैदी बन्दीहरु त्रसीत भएको खवर पश्चात शनिबारको दिन पारेर हेपाटाइटीस वि र अन्य स्वास्थ्य सम्बन्धी परामर्श सेवा दिएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र बिश्वकर्माले बताएका छन् । कैदिबन्दीले पनी स्वास्थ्य सम्बन्धी र बिभिन्न रोग र बच्ने उपायहरु र लक्षणका बारेमा सामान्य जानकारी गराइएको डाक्ट बिश्वकर्माले बताएका छन । हाल जिल्ला कारागारमा क्षेमता भन्दा बढि कैदी र बन्दी भएकोले सरुवा रोगहरु लाग्नबाट बच्नका लागी सो सेवा संचालन गरिएको डा. बिश्वकर्माको भनाई रहेको छ ।
जिल्ला कारागार बाजुराको २५ जनाको क्षेमता भए पनी हाल ५१ जना रहेकोले केही सरुवा रोगका कारण त्रसित भएकाले सो सेवा संचालन गरिएको जिल्ला कारागार बाजुराका जेलर रामकुमार चौधरीले बताएका छन् । सामुहीक खाना खानुपर्ने संगै सुत्नुपर्ने बाध्यताका भएका कारण कारागारमा रहेका कैदी र बन्दी हरु त्रासमा रहेका बेला डाक्टर रुपचन्द बिश्वकर्माको पहलमा सो जानकारी पाएकोमा जेलमा रहेका कैदी बन्दीहरुले बताएका छन् । बन्दीहरुले यसपछि पनी पटक पटक यसरी सेवा दिन आउन समेत आग्रह गरेका छन् । हाल जिल्ला कारागारमा रहेका कैदी र बन्दी धेरै बिरामी हुने गरेका छन् । कारागारमा रहेका एक जना कैदीलाई हेपाटाइटीस वी देखीएको खवर पश्चात सबै त्रासमा रहेका बन्दीलाई बिषेश परामर्श र के कती कारणले सर्दैन भन्ने बिषयमा समेत जानकारी गराएको स्वास्थ्य कार्यालय बाजुरा रामचन्द्र यादवले बताएका छन् । डाक्टरकाे टाेली कारगारमा पुगरेर साे सेवा प्रदान गरिएकाे हाे ।