शनिबार, जेष्ठ १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • खुलामञ्चको माटोले पुरै बजार बन्यो हिलाम्मे

खुलामञ्चको माटोले पुरै बजार बन्यो हिलाम्मे

माथिल्लाे बजार देखी दुनी हाट बजार सम्म माटाेकाे असर

  • शुक्रबार, माघ १७, २०७६
खुलामञ्चको माटोले पुरै बजार बन्यो हिलाम्मे

बाजुरा १६ माघ– जिल्ला सदरमुकामा मार्तडीमा रहेको खुलामन्चमा ठेकेदारले जम्मा गरेको माटोले पुरै बजार हिलाम्मे बनेको छ । पानी परेको दिन खुलामञ्चको माटो बगाएर बजारमा हिलाम्मे बन्ने गरेको छ । पानि आएको दिनमा मञ्चा बाट माटो बगेर बजार आउने गरेको छ, आवत जावत गर्न निकै समस्या हुने बजारबासीले बताएका छन् ।
जिल्ला प्रशासन कार्यलय, जिल्ला समन्वय प्रमुखको निवास, बडिमालिका नगरपालिका, बडिमालिका नगरपालिका वडा नम्बर ८ को वडा कार्यलय बिचमा खुलामञ्च छ, सार्बजनिक ठाउँको रेखदेखका लागि सम्म सबै मुख र्दशक भएका छन् । पटक पटक माटो हटाउनका लागि प्रशासनलाइ आग्रह गर्दा पनि वास्ता बजारबासीको गुनासो रहेको छ ।


खुला मञ्च डपिङ्ग साइड बनेको १ बर्ष भइसकेको छ । सार्वजनिक कार्यक्रम गर्ने ठाँउ एउटै त्यहि मञ्च हो । त्यो नै अस्तब्यस्त बनाए पछि कार्यक्रम गर्न मालिका उच्च माबि र जिल्ला समन्वय समितिको मैदानमा हुने गरेका छन् । भलिबल खेल्न मैदानका रुपमा प्रयोग हुने गरेको मञ्च एक बर्ष देखी भलिबल समेत खेल्न बन्दभएको भलिबल खेलाडीले वताएका छन् । नागरिक समाज लगायत बिभिन्न संचार माध्यामले यस बिषयका उठान गर्दा पनी कसैले नसुनेको नागरिक अगुवा तुलाराम जैशीले बताए ।
स्थानियले खुला मञ्च खालि गर्न पटक पटकआग्रह गरेको भए पनी कसैले पनी ध्यान नदिएको नागरिक अगुवाहरुको भनाई रहेको छ । खुला मञ्च यो अबस्था बनेपछि धेरै मानिस जम्मा हुने ठाँउ समेत नरहेको स्थानीयको भनाई रहेको छ । पानि आएको दिनमा मञ्चा बाट माटो बगेर बजार आउने गरेको छ, आवत जावत गर्न निकै समस्या हुने बजारबासीले बताएका छन् ।
वडा नम्बर ८ का वडाअध्यक्ष प्रकाश रावलले पनि घरको माटो ल्याएर त्यहि थुपारेका छन् । खुलामञ्च डपिङ्ग क्षेत्र बन्दा नजिकै रहेको वालमन्दिर आधारभुत बिद्यालय समेत प्रभाबित भएको छ । मञ्चमा डपिङ्ग बनाएपछि वालबालिकालाई आवत जावत गर्न समस्या र खेल बाट बञ्चितभएको बालमन्दीर आधारभुत बिद्यालयले जनाएको छ ।
खुला मञ्चको जग्गा जिल्ला समन्वय समितिको हो, नजिकै समन्वय प्रमुख बस्ने निवास छ, तर उहाँले पनि बेवास्ता गरेको स्थानियको आरोप छ, उहालाई किन यसरी जम्मा गर्न लगाएको भन्दा बसेर सल्लाह गरौला भनेर प्रतिक्रिया दिएका छन् । नागरिक समाजको अगुवाई तथा बिभिन्न संचारमाध्याम समाचार आए पछि अलीअली माटो हटाए जस्तो गरेको भए पनी पुर्णरुपमा माटो नफाल्दा मार्तडीको माथिल्लो बजार हिलाम्मे हुनुका साथै केही महिना अगाडी बनाएको बिच सडकमा रहेको नाली समेत भरिदै गएको छ । नाली भरिदै गएपछि मार्तडीको तल्लो बजार र हाट बजारसम्म असर परेको छ ।

चर्चामा

सम्बन्धित समाचार