• होमपेज
  • समाज
  • बाजुरामा दर्जनौ सडक वाताबरणिय प्रभाब मुल्याकंन विना नै काम

बाजुरामा दर्जनौ सडक वाताबरणिय प्रभाब मुल्याकंन विना नै काम

  • बिहिबार, माघ १६, २०७६
बाजुरामा दर्जनौ सडक वाताबरणिय प्रभाब मुल्याकंन विना नै काम

प्रकाश सिंह
बाजुरा जिल्लामा ९ वटा स्थानिय तहमा ५४ वटा योजनाहरु वाताबरणिय प्रभाब मुल्याकंन बिना मनोमानी रुपमा काम भइरहेको छ । जिल्ला भरीमा ६८ वटा सडक निर्माण भइरहेका छन् । ति मध्ये धेरै सडकहरु योजना बिना नै सञ्चालन भएको पाईएको हो ।
बुढिगंगा नगरपालिका १० वटा सडक निर्माण भइरहेका छन्, कसैको पनि अध्यनन नभएको पाईएको छ । त्यस्तै बडिमालिका नगरपालिकामा १७ वटा सडक निर्माण भइरहेका छन्, कसैको पनि वाताबरणीय अध्ययन नभएको सुचना अधिकारी हेम थापाले वताएका छन् । त्यस्तै त्रिवेणी नगरपालिकामा ७ वटा सडक, खप्तड छेडेदह गाँउपालिकामा १३ वटा सडक र जगन्नाथ गाँउपालिमा २ वटा सडक निर्माण भइरहेका छन्, तर कसैको पनि अध्ययन नभएको स्थानिय तहले वताएका छन् ।
शुदुरपश्चिम प्रदेश सरकारले बहुबर्षिय आयोजनाका रुपमा राखेका ३ वटा सडकको पनि कुनै अध्ययन भएको छैन् । प्रदेश सरकार अन्तर्गत भौतिक विकास पुर्वाधार मन्त्रालय बाट सञ्चालित उक्क्त आयोजनाको कुनै प्रक्रिया नबढेर कामका लागि टेन्डर स्वीकृत गरेर सम्झौता गरिसकेको छ । पुर्वाधार विकास कार्यलय अछामले कार्यन्वयन गर्ने उक्क्त सडक जिल्लाको गौरबका योजना अन्तर्गत परेका छन् । मार्तडी देखी कोल्टि सडक, सेरा आटिचौर थामलेख सडक र मार्तडी घटमुना सडकको टेन्डर गरेर काम अगाडि बढिसकेको छ । तर वाताबरणीय मुल्याकंन अध्यन भने भएको छैन् । पुर्वाधार विकास कार्यलय अछामका निमित्त प्रमुख जंग बहादुर थापाले भने अध्यनका काम अघि बढिसकेको चाडै पास हुने वताएका छन् ।
प्रदेश सरकारले करोडौ खर्चको सडकको त टेन्डर भएको छैन्, । काम शुरु भइरहेको छ, रोक्ने कानुन बनेको भएपनि कागजमा रहेको छ, अहिले सम्म कसैलाई पनि रोक्न भने नसकेको नागरिक समाजका अगुवा शेर बहादुर शाहिले वताएका छन् । वन तथा वाताबरण मन्त्रालयमा अन्तर्गत वातावरणीय प्रभाब अध्ययन शाखामा कार्यरत प्राबिधिक उपसचिब ज्वाला श्रेष्ठका अनुसार वाताबरणीय प्रभाब मुल्याकंन बिना ठेक्का पनि निकाल्न नपाउने र काम नगर्न पाँउने ब्यबस्था रहेको वताएकि छन् । सानो योजना भए सम्बन्धि मन्त्रालय बाट पारम्भीक वाताबरणीय मुल्याकंन गर्नु पर्ने हुन्छ, भने ठुलो आयोजनाहरु भने बन तथा वाताबरण मन्त्रालय बाट स्वीकृत लिनु पर्ने रहेको उनले वताए ।
अध्यन दुई प्रकारको हुने गरेको छ । प्रारम्भिक वाताबरणीय परिक्षण र वाताबरणीय प्रभाब मुल्याकंन रहेको छ । २५ करोड भन्दा माथिका योजनामा वाताबरणीय प्रभाब मुल्याकंन अध्यन अनिवार्य गर्नुपर्ने हुन्छ यसको स्वीकृत बन तथा वाताबरण मन्त्रालय गर्ने रहेको हुन्छ । प्रारम्भिक वाताबरणीय परिक्षण भने सम्बन्धि मन्त्रालयले गर्ने रहेको श्रेष्ठले वताईन् ।
खप्तड छेडेदह गाँउपालिका अध्यक्ष नर बहादुर रावतले भने अध्ययन गर्नु पर्छ त भनेको छ, तर नगरेपनि कसैले रोकेको छैन काम भइरहेको उनले वताएका छन् । गाँउमा काम भइरहेको छ, कतै जंगल फडानी भएको छ तर पनि कसैले काम नरोकेको उनले वताए । गाँउमा मनोमानी रुपमा डोजरले बाटो खनिरहेका छन्, तर कसैलाई वास्ता छैन्, जता जंगल उतै उतै डोजर लगाएर बन फडानी गरिसकेको बुढिन्नदा नगरपालिका ५ का स्थानिय कलुवा लुवारले वताएका छन् । डोजरको चालक आफै प्राबिधिक हो, उसको मनमा जस्तो लाग्यो उस्तै काम भइरहेको उनले वताए ।

चर्चामा

सम्बन्धित समाचार