शनिबार, जेष्ठ १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • गुनासो सुनुवाई कार्यक्रम सम्पन्न

गुनासो सुनुवाई कार्यक्रम सम्पन्न

  • बुधबार, माघ १५, २०७६
गुनासो सुनुवाई कार्यक्रम सम्पन्न

बाजुरा १५ माघ– जिल्ला प्रहरी कार्यालय बाजुराको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रसासन कार्यालय बाजुराको हलमा जिल्लाका प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा प्रहरी गतिविधिहरुको प्रस्तुती प्रहरी नायव उपरिक्षक भट्टराईले सार्बजनिक गरेका थिए । जिल्लामा भएका केही घटनाको गुनासो बढेसंगै गुनासो सुनुवाई गरेको प्रहरी नायव उपरिक्षक टकंप्रसाद भट्टराईले बताएका थिए । गुनासो सुनुवाई कार्यक्रममा जिल्लामा भएका घटना र प्रहरीले हाल सम्म गरेका काम कार्बाहीको सार्बजनिक गरेको बताएको छ । सहभागिहरुबाट प्रहरी सेवा प्रवाह को प्रभावकारिता, पारर्दशीता तथा जवाफ देहीता सम्बन्धमा राखिएका राय सुझाव तथा गुनासाहरु सम्बोधन गरि आगामी दिनमा पनी सबैसंग सहकार्य गरि अघि बढ्ने डिएसपी भट्टराईले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक भट्टराईले जनताका गुनासोलाई तत्काल सुनाई गरि कारबाही प्रक्रिया अगाडी बढाउने बताएका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराले आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा भट्टराईले कहिलेकाही साना कुरा ख्याल नगर्दा ठुलठुला दुर्घटना हुने भन्दै प्रहरीले हरेक समय समयमा यस्ता कार्यक्रम मार्फत सार्बजनिक गर्ने बताएका हुन ।
अन्तरक्रिया कार्यक्रममा बोल्ने सहभागीहरुले जिल्लामा सबैको समन्वयबाट कामहरु अगाडी बढेकाले सबैसंग समन्वय गरि प्रहरीले अगाडी बढ्न शुझाव दिएका छन् । कार्यक्रममा प्रहरी संगठनका पदाधीकारी, जेष्ठ नागरिक, नागरिक समाज, महिला सञ्जाल, पत्रकार, कानुन व्यवसायी लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रमको प्रहरी निरिक्षक दान बहादुर रोकायाले संचालन गरेका थिए । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तगर्त प्रहरी साझेदारी कार्यक्रम जनता संग मिलेर काम गर्ने उदेश्यले प्रहरीले सञ्चालनमा ल्याएकोले यसलाई प्रभावकारी बनाउन सबैले सहयोग गर्नु पर्ने प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार