बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • मार्तडी बजार सरसफाई अभियानमा प्रहरी र ब्यापारी

मार्तडी बजार सरसफाई अभियानमा प्रहरी र ब्यापारी

  • बुधबार, माघ १५, २०७६
मार्तडी बजार सरसफाई अभियानमा प्रहरी र ब्यापारी
मार्तडी बजार सरसफाई अभियानमा प्रहरी र ब्यापारी र जनप्रतिनधी तस्वीर पदम सिहं

बाजुरा १५ माघ– एक बर्ष सम्म सुस्ताएको बडिमालिका नगरपालिकाले फेरी सरसफाईमा अग्रसरता देखाएको छ । बडिमालिका नगरपालिकाले मार्तडी बजार सरसफाई गर्ने अभियान आजदेखी संचालनमा ल्याएको छ । सरसफाई र बजार ब्यबस्थापनमा प्रहरीको सक्रियता पनी निकै बढेको पाईएको छ । जिल्ला प्रहरी कार्यालय बाजुरामा नयाँ प्रमुख आईसकेपछि जिल्लाका सिमा क्षेत्र देखी मुख्य सडकमा पनी सरसफाई अभियानलाई तिर्बता दिईरहेका बेला बडिमालिका नगरपालिकाले पनि मार्तडी बजारलाई तिर्बं गतिमा अभियान संचालन गरेको छ ।
मार्तडी दुनि हाटबजारका व्यापारी हरेक महिनाको १५ गते बजार सरसफाइमा सक्रिय रहि आएका भए पनी सम्बन्धी निकाय भने यतीबेला तातेको छ । बढ्दो फोहर मैला व्यवस्थापन तथा सामाजिक उत्तरदायित्व निर्वाहका लागि व्यापारीले सरसफाइ कार्य थालनी गरिएको ब्यापारी र प्रहरीले बताएका छन् । दुनी हाटबजारका ब्यापारीहरुले प्रत्येक महिनाको १५ गते नियमित बजार सरसफाई सहीत अन्य सामाजिक सेवाका काम गर्ने निर्णयका हरेक अभियान संचालन गर्दै आएका छन् ।
बजार भित्रको सडक मर्मत गरेका व्यापारीले माघ १५ गते बजार भित्रको नाला सहीतको सरसफाइ गरेको दुनि हाट बजार व्यवस्थापन समिति अध्यक्ष मोहन नेपालीले बताए । समितिको निर्णय अनुसार १५ गते बजार बन्द गर्ने र सरसफाइ लगायत अन्य सामाजिक काम गर्ने निर्णय गरेको उनको भनाई । बजार ब्यबस्थापन समिति संगै बडिमालिका नगरपालिका र जिल्ला प्रहरी कार्यालय बाजुराले पनी सहकार्य सहित अभियान संचालन गरेको बडिमालिका नगरपालिका उपप्रमुख कबिता बिष्टले बताइन् ।
उसो त बडिमालिका नगरपालिकाले एक बर्ष अगाडी मार्तडी गौरव यात्रा पनी संचालन गरेको थियो । बिचमा हराएको अभियान फेरी कति दिन सम्म चल्छ त्यो भने हेर्न बाकी नै छ ।

चर्चामा

सम्बन्धित समाचार