शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • बाजुराका कलाकारहरूको असन्तुष्टी हामीबिना महोत्सव गरिदै

बाजुराका कलाकारहरूको असन्तुष्टी हामीबिना महोत्सव गरिदै

  • सोमवार, माघ १३, २०७६
बाजुराका कलाकारहरूको असन्तुष्टी हामीबिना महोत्सव गरिदै

बाजुरा १३ माघ– बाजुरा जिल्लाका  कलाकारहरूले जिल्लामै हुने कार्यक्रममा नबाेलाइ मनाेमानी गर्दै अाएकाेमा खेद प्रकट गरेका छन् । यही माघ २० गते देखी हुन गइरेकाे फालासैनमा आयोजना गर्न लागिएको बाजुरा साँस्कृतिक महोत्सव जिल्लाको हितमा नभएको भन्दै बाजुराका कलाकारहरुले भने विरोध गरेका छन् । स्थानीय तहका लगानी गरिए बाहिरबाट आउने व्यापारीलाई फाइदा पुग्ने गरि महोत्सव आयोजना गर्नु राम्रो नहुने भन्दै विरोध गरेका हुन् । जिल्लाका सबै कलाकारहरूले सामाजिक संजाल फेशबुकमार्फत यस्ताे दुखेसाे तथा याे जिल्लाकै लागि राम्राे नभएकाे बताएका छन् । हर्क खडायत राजेन्द्र शाह बिपी लगायतका कलाकारहरूले फेशबुकमार्फत अापत्ती जनाएका छन् ।
जिल्लाका कलाकार, स्रष्टा सर्जक तथा अन्य नागरिक अगुवासम्वद्ध निकायलाई बेखर गरेर स्थानीय तहको लगानीमा महोत्सव गरिनु जिल्लाको हित विपरित भएको बाजुरा साँस्कृतिक प्रविष्ठानका अध्यक्ष लालबहादुर थापाले बताएका छन् ।
तीन दशक देखि कलाकारिता क्षेत्रमा बिताए थापाले सामाजिक सञ्जाल मार्फत प्रतिष्ठानका तर्फबाट खुला विरोध सहीत सञ्चालन गर्ने निकाय माथि नै प्रश्न गरेका छन् । लगानी हाम्रो, फाइदा अरुलाई, महोत्सव कलाकार माथिको न्याय पाउने स्टेज भएपनि नियतबस अपमान गरिएको आक्रोश थापाले पोखेका छन् ।

त्यसै गरि बाजुराको फालासैनमा (जहाँ मेरो घर हो) महोत्सव हुँदैरहेछ, यो आफैमा प्रशंसनिय जमर्को हो, यसको लागि पहलकर्ता हरुलाइ धन्यवाद छ। तर महोत्सवका कतिपय हिडेन इन्टेन्सनहरुको कारण व्यापक प्रतिकृया उत्पन्न भैरहेका छन। महोत्सव गर्दा त्यो ठाउँको सँस्कृती, पर्यटन र व्यापार प्रबर्धन कसरी हुन सक्छ, महोत्सवले त्यहाँको विकास र सम्बृद्धिमा के टेवा पुर्याउन सक्छ, त्यहाँका कलाकार, सँस्कृतिकर्मी, पत्रकार, व्यवसायी, राजनितिक दल, सम्बद्ध संघसँस्था लगायत आमजनसमुदायले कसरी अपनत्वबोध गर्न सक्छन, महोत्सवको प्रष्ट उद्धेश्य के हो, महोत्सवबाट के उपलब्धी हुन सक्छ इत्यादी आधारभूत कुराहरु निर्क्यौल गरेर अगाडि बढ्नु जरुरी हुन्छ। अझै पनि समय छ पुर्नबिचार र पुर्ननिर्णय गरेर अगाडि बढ्न सम्बन्धित पक्षहरुलाइ आव्हान गर्दछु भनेर राजेन्द्र शाह बिपीले पनी फेशबुकमार्फत  जनाएका छन् ।
जिल्लाका कलाकारलाई नै बेवास्ता गरिनु अन्याय पूर्ण मात्र नभई सिंगो कला साँस्कृतिक क्षेत्र माथिको अपमान भएको राष्ट्रय लोक तथा दोहरी गित प्रतिष्ठानका अध्यक्ष नर बिकले बताएका छन् ।
बाजुरामा जन्मीएर कलाकारिता क्षेत्रमा नाम कमाउन सफल लालबहादुर थापा, राजेन्द्र शाह विपी, नर वि.क., विष्णु धामी, प्रकाश थापा, शोभा थापा, हर्क खडायत लगायतले असन्तुष्टी व्यक्त गरेका छन् । तर आयोजक र सहयोग गर्न तयार स्थानीय तहले भने जिल्लाकै हितमा कार्यक्रम गर्न लागिएकोले विरोध गर्नुको अर्थ नरहेको प्रतिक्रिया दिएको छ ।
कलाकार हर्क खडायत र राजेन्द्र शाह बिपीकाे फेशबुकबाट

चर्चामा

सम्बन्धित समाचार