शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा योजना विना गरेको विकासले पारेको विनास

बाजुरामा योजना विना गरेको विकासले पारेको विनास

  • सोमवार, माघ १३, २०७६
बाजुरामा योजना विना गरेको विकासले पारेको विनास

प्रकाश सिंह
हिमाली गाँउपालिका ५ मा आर्थिक बर्ष ०७५।०७६ मा कवाडी बिच्छँया हिल्सा सडकको निर्माण कार्य शुरु गरियो । प्रदेश सरकारले १ करोड लगानिमा करिब ७ किलोमिटर जति सडक खुल्यो । सडक डोजरले खन्यो । सडक खन्दा कुयडी, कवाडी, बच्छँयामा सिचाइका लागि निर्माण भएका ३ वटा सिचाइ कुलो तहस नहस पारयो । त्यो सँगै कवाडी खोला जलबिधुक्तको नहर समेत सडकले भत्काएको स्थानिय हर्क बहादुर बुढाले वताए ।
२०७५ माघ महिनामा सडक निर्माण देखि तिनवटा सिचाँइ कुलो भत्काएपछि १ सय ५० परिवारको जमिन पुरै बाझो रहयो । लगाएको हिउँदेवाली सिचाई नहुँदा सबै नष्ट भयो । स्थानियले ठेकेदार पुर्वाधार विकास कार्यलय अछामलाई सिचाइ नहर बनाइदिनका लागि आग्रह गरेको थियो । तर कसैले पनि उनिहरुको कुरा सुनि दिएनन्, बर्षेवाली समेत धान रोप्न पानि कुर्नु पर्ने अबस्था आयो । एकातिर नहर भत्कायो, अर्कोतिर लगाएको अन्नवाली खेतमै सुक्यो, क्षतिपुर्तिका लागि स्थानिय स्तरमा पहल गरेको भएपनि कसैले कुरा नसुनिदिएको स्थानिय दान बहादुर बुढाले वताए ।
गहुँवाली र बर्षेवाली पनि राम्रो सँग उत्पादन नहुँदा गाँउमा खाद्य संकट उत्पन भयो । स्थानिय धौली बुडथापाले भनिन्, डेढसय परिवारको राम्रो उत्पादन हुने क्षेत्र हो, सिचाइले अन्न उत्पादन नभएपछि खाद्य संस्थानको डिपो धाउनु परेको वताईन् । जग्गाको माथि बाट सडक डोजरले खन्दै गएपछि जग्गामा ढुङ्गा माटो पनि थुप्रीयो बुडथापाले थपिन् । यता कवाडी भएर हुम्ला जाने सडक कर्णाली करीडोर निर्माण हुँदा कवाडी सिचाइ कुलो सडकले भत्काइ दिएको छ । सेनाले निर्माण गर्न लागेको उक्क्त सडक निर्माणका बेला स्थानियले नहर बनाउनु माग राखेका थिए, तर केही वास्ता नगरेको स्थानिय अगंलाल बुडथापाले वताए ।
योजना निर्माण गर्दा प्रारम्भिक वाताबरणीय परिक्षण र बिस्तृत परियोजनाको अध्यन गरेर मात्र काम अगाडि बढाउनु पर्छ । खानेपानि सिचाई जंगल लगायतका संरचना क्षति हुने भएपछि क्षतिपुर्ति दिनु पर्ने हुन्छ । तर यो सडक निर्माण हुदा कुनै अध्ययन विना नै काम भएको छ । पुर्वाधार विकास कार्यलय अछामका निमित्त प्रमुख जंग थापाले भने सिचाइ कुलोमा क्षति भएको स्वीकार गरे । यो आर्थिक बर्षमा निर्माण गर्ने जनाए तर कवाडी बिच्छँया हिल्सा सडकको प्रारम्भिक वातावरणीय अध्ययन विना काम शुरु गरेको छ । थापाले भने प्रारम्भिक वाताबरणीय परिक्षण स्थानिय विकास मन्त्रालयको वाताबरण शाखामा फाइल गएको स्वीकृत हुन बाकि रहेको वताए ।
गाउको माथि बाट डोजर सड्क निर्माण गर्दा बडिमालिका नगरपालिका –१ मैमातोलाको बस्ती नै पहिरो उच्च जोखिममा रहेको छ । बर्षातको समयमा त उनिहरु बिस्थापित हुने गरेका छन् । घर माथि बाट सडक निर्माण गर्दा स्थानियले रोक्न खौज्दा पनि जबरजस्ती सड्क डोजर खनेर लगे । अहिले मैमातोलाका १० परिवारको उठिवास जस्तै भएको छ । उनिहरु हिउँदमा पनि पानि आएको बेला गाँउ बाट तल टाढा गएर चौरमा पाल टागेर बस्ने गरेका छन् । शुरुमा त सड्क बन्यो अब विकास भयो भन्ने लागेको थियो, अहिले त माथि बाट पहिरो आउदा उल्टै बिनाश भएको स्थानिय नरि बिष्टले वताए । २० मुरी धान फल्ले खेत भने पहिरोले छापिसकेको उनले वताए ।
मार्तडी देखी गौमुल गाँउपालिको कार्यलय सम्म सडकमा प्रदेश सरकार, स्थानिय सरकार र संघ सरकारले लगानि गरेको छ, तर अहिले सम्म पनि वाताबरणिय प्रभाब मुल्याकंन कुनै भएको छैन्, अर्को सडक निर्माण गर्दा क्षति भएको पनि राहत पाएनन् । समुदायले संघिय सासंद लाल बहादुर थापा बडिमालिका नगरपालिका गौमुल गाँउपालिका पुर्नस्थापना र क्षतिपुर्तिको माग राख्दै आएपनि कतै वाट वास्ता भएको छैन् ।
मैमातोला जस्तै बाजुराका दर्जनौ बस्ति अहिले सड्क निर्माण गर्दा डोजर प्रयोगले पहिरोको उच्च जोखिममा रहेका छन् । स्थानिय सरकारले सड्क निर्माणका क्रममा जथाभाबि डोजर परिचालन गर्दा बस्ति जोखिम र खेति योग्य जमिन तहसनहस हुदै गएको छ । बुढिन्नदा नगरपालिका ९ बस्ने धर्म बोहाराले भने सडकले विकास होइन विनाश ल्याएको बताए । सड्क निर्माण गर्ने नाँउमा डोजर लगाएका छन् जथाभाबि बाटो खनेका छन्, अहिले बर्षातले पहिरो आएर निकै समस्या भएको उनले वताए । आर्थिक बर्ष ०७५।०७६ मा बाजुराका ९ वटा स्थानिय तह, प्रदेश र संघ गरेर ५० करोड भन्दा बढि बजेट छुट्याएको थियो । ४९ जना सडक योजनमा सबैमा डोजर परिचालन गरेको पाईएको जिल्ला समन्वय समिति बाजुराले जनाएको छ । स्थानियलाइ खन्न लगाएको भए रोजगार पनि हुने सड्क पनि राम्रो हुने थियो, गाँउमा जताततै डोजर मात्र बाटो खनिरहेको बडिमालिका नगरपालिका स्थानिय लक्षि विकले वताए ।
जिल्ला वन डिभिजन कार्यलय बाजुरा एक अधिकृतका अनुसार सड्क निर्माणका नाममा जंगल फडानी गरेको वताए । जता जंगल त्यतै बाटो सड्क लिएका छन्, डोजर प्रयोग गरेर जंगल फडानी भएको छ, यसले गर्दा बाजुरामा जताततै पहिरोको त्रास रहेको वताए । अर्को जिल्लामा कुनै पनि सड्कले वाताबरणि प्रभाब मुल्याङ्कन नगरी मनोमानी सड्क खनेको कार्यलयले वताएको छ । स्थानिय तहले अब्यबस्थित तरिकाले सड्क निर्माण गर्दाले ठुलो असर रहेको परेको छ ।

चर्चामा

सम्बन्धित समाचार